

-
काठमाडौँ । सुत्केरी हुन नसकी प्रश्रव पीडामा रहेकी मुगुका एक महिलालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको पहलमा हेपाटाइटिस बी पोजेटिभ देखिएकी सोरु गाउँपालिका–१ की ममता लावडलाई मुगु जिल्ला अस्पतालमा शल्यक्रिया हुन नसकेपछि शुक्रबार उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पताल ल्याइएको मन्त्रीका प्रेस संयोजक सन्तोष खड्काले जानकारी दिएका छन् ।
जिल्ला अस्पतालमा उपचार हुन नसक्ने जानकारी मुगुका प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले गराएलगत्तै मन्त्री गुरुङको निर्देशनमा तत्काल ती गर्भवतीको निःशुल्क हवाई उद्धार गरिएको हो । सुत्केरी हुन दिइएको समय १४ दिन कटेको र उनको रगतमा हेपाटाइटिस बी पोजेटिभ देखिएकाले उपचारका लागि प्रादेशिक अस्पताल पठाउनुपरेको हो ।
लकडाउनले मुलुक ठप्प भइरहेका बेला पनि मन्त्री गुरुङको निर्देशनमा यसअघि खोटाङ र सोलुखुम्बुका एक–एक जना गर्भवतीको हेलिकोप्टरबाट काठमाडौँमा हवाई उद्धार गरी उपचारको व्यवस्था गरिएको थियो भने डोल्पा र मुगुका पनि एक–एक गर्भवतीको हवाई उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेतमा उपचारको व्यवस्था मिलाइएको थियो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गमका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको उद्धार गर्दै आएको छ । यो कार्यक्रमअन्तर्गत हालसम्म ९६ गर्भवती तथा सुत्करी महिलाको निःशुल्क हवाई उद्धार गरिसकिएको छ ।
यसैबीच मन्त्री गुरुङले ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीलाई निःशुल्क हवाई उद्धारको व्यवस्था हुने भएकाले त्यस्तो कुनै पनि समस्या भएमा तत्काल स्थानीय जनप्रतिनिधि, स्वास्थ्य संस्था वा स्थानीय प्रशासनसँग सम्पर्क गर्न सबैलाई आग्रह गरेका छन् ।
News Desk 0 response शनिबार, बैशाख ६, २०७७

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३



