

-
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा लगाइएको मकैबालीमा फौजी किराको प्रकोप फैलिएको छ । केही सातायता फैलिएको फौजी किराको प्रकोपले वडा नं १ दिक्तेलस्थित नोभे र वडा नं ४ खाल्लेको बाँसबोटे र बाह्रबिसेलगायतका किसान चिन्तित बनेका हुन् ।
बाँसबोटे आसपासका ७० किसान र बाह्रबिसेका २० किसानले खेतमा लगाएको मकैबालीमा फौजी किराको प्रकोप देखिएको खाल्लेका वडाध्यक्ष डिल्लीकुमार राईले बताए । यस्तै नोभेको करिब २५० रोपनीभन्दा बढी क्षेत्रमा लगाइएको मकैबालीसमेत फौजी किराले सखाप बनाएको किसानले बताएका छन् ।
नगरपालिकाको विभिन्न क्षेत्रमा फौजी किराको प्रकोप फैलिएको जानकारी आए पनि प्रभावित क्षेत्र र प्रभावित किसानको यकिन तथ्याङ्क आउन बाँकी रहेको कृषि प्रसार अधिकृत धर्मेन्द्र कलौनीले बताए । गोड्ने बेला भएको मकैबालीमा फौजी किराको प्रकोप देखिएपछि किसान अन्योलमा परेका छन् ।
प्रभावित क्षेत्रको निरीक्षण गर्न तीन जनाको प्राविधिक टोली परिचालन गरिएको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताएका छन् । “किसानले बाली लगाउन शुरु गरेलगत्तै फौजी किराको प्रकोप देखिन थालेको छ”, उनले भने, “नियन्त्रण गर्न विषादी खरिदका लागि सम्बन्धित निकायमा पहल थालेका छौँ ।”
ढाडमा पहेँलो तथा सेतो धर्सा देखिने धुस्रे किराले मकैको पातसँगै डाँठसमेत खाएर ठुट्टा बनाएको किसानले बताएका छन् । रातको समयमा सक्रिय हुने फौजी किराले आसपासको रुखपातसमेत सखाप पारेको किसानको भनाइ छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा गत वर्ष पनि फौजी किराको प्रकोप अधिकांश स्थानीय तहमा फैलिएको थियो । फौजी किराको असर गत वर्ष सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकामा सबैभन्दा बढी देखिएको थियो ।
खडेरीको समेत असर परेको उक्त नगरपालिकामा गत वर्ष फौजी किराले सबै प्रकारका बालीनाली सखाप पारेपछि यस वर्ष भोकमरी शुरु भएको छ । फौजी किराको प्रकोप तथा खडेरी प्रभावित स्थानीयवासीमा शुरु भएको भोकमरी नियन्त्रण गर्न नगरपालिकाले निःशुल्क खाद्यान्न उपलब्ध गराउँदै आएको छ ।
जिल्लाकै सबैभन्दा बढी प्रभावित भएको उक्त नगरपालिकाले राहत अनुदानअन्तर्गत एक करोड ४० लाख बजेट विनियोजन गरेर खाद्यान्न वितरण गरिरहेको जनाइएको छ । फौजी किराको प्रकोप तथा लामो समयको खडेरीका कारण अन्नबालीको बीउ राख्नसमेत नपाएका स्थानीय बासिन्दालाई नगरपालिकाले निःशुल्करूपमा मकैको बीउ पनि वितरण शुरु गरेको छ ।
News Desk 0 response शनिबार, बैशाख ६, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३ -
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३
-
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३ -
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३



