

-
विराटनगर । विराटनगर–११ जनपथ टोलमा सञ्चालित तरकारीको थोक तथा खुद्रा गुद्री बजार सामाजिक दूरी कायम गरी सञ्चालन भइरहेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले बजार व्यवस्थापनलाई कोभिड–१९ को जोखिम उच्च देखिएको भन्दै तीन दिन अगाडि बन्द गर्न निर्देशन दिएको थियो ।
मोरङलगायत सुनसरी जिल्लाका नागरिकलाई आलु र प्याजलगायत हरियो तरकारी सहज आपूर्ति गर्दै आएको चैतको तेस्रो हप्तादेखि सञ्चालनमा आएको गुद्री बजारमा थोक तथा खुद्रा उपभोक्ताको अत्यधिक भीडका कारण कोभिड–१९ सङ्क्रमण फैलिने सम्भावना रहेको छ । गुद्री बजारमा बिहान ३ बजेदेखि नै विभिन्न क्षेत्रका तरकारीका व्यापारीको चहलपहल, भीड, टेम्पो, आटोरिक्सा, मोटरसाइकलको आवतजावतले सो क्षेत्रका बासिन्दा कोभिड–१९ को सङ्क्रमण फैलिने आशङ्काले त्रिसित देखिन्छन् ।
सूचनाको हकका वकालतकर्ता निर्मल तामाङले विभिन्न क्षेत्रबाट आउने व्यापारी तथा उपभोक्ताको अत्यधिक भीडले लकडाउनको ठाडै उल्लङ्घन भएको छ भन्दै स्थानीय प्रशासनले कोभिड–१९ को जोखिम रहुञ्जेल बजार बन्द गर्नुपर्ने बताए । गुद्री व्यवस्थापनका सचिव साहव अहमद गुड्डुले स्थानीय प्रशासनको आदेश पालना गर्दै स्वयंसेवकका साथ साबुनपानी हात धुने व्यवस्था, जनचेतना जागृत गराउन माइकिङ गरी बजार सञ्चालनमा ल्याउने कार्य भइरहेको बताउँछन् ।
उनले सुनसरीको देवानगञ्ज, हरिनगरालगायतका तरकारी व्यापारीका कारण समस्या उत्पन्न भएकाले उनीहरुलाई निषेध गरिएको र सामाजिक दूरी कायम गर्दै व्यवस्थितरूपमा स्थानीय बासिन्दाको सुझावमा एवं सहकार्यमा बिक्रीवितरण गर्ने जानकारी दिए ।
स्थानीयवासीले भने गुद्रीको कारण यस क्षेत्रमा कोभिड–१९ को जोखिम उच्च भएको भन्दै बाटोमा ढाँट लगाई एउटा क्षेत्रमा आवतजावत बन्द गराएका छन् । विरानगर–११ वडा सदस्य विमल पोखरेलले कोरोना भाइरसको जोखिम न्यूनीकरण गरी खुद्रा बिक्री वितरण बन्द गर्न बजार व्यवस्थापन लाग्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
समाजसेवी राजेशसिंह डङ्गोलले गुद्री बजारमा आलु र प्याजको मात्र थोक बिक्री गर्नुपर्ने बताए । गुद्री बजारमा विरानगरका नगर क्षेत्रलगायत कटहरी, सिसवनी जहदा, सुनसरीको देवानगञ्ज, हरिनगरा, कप्तानगञ्ज, धरान, धनकुटा, हिले तथा भारतको सीमावर्ती क्षेत्रलगायतबाट आलु, प्याज, फलफूललगायतका हरियो तरकारी आउने गर्दछ । रासस
News Desk 0 response शुक्रबार, बैशाख ५, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३ -
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३
-
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३ -
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३



