

-
गुल्मी जिल्लाको बढीघाट खोलामा आएको बाढीका कारण निर्माणाधीन पक्की पुल भत्किएको छ । बुधबार पानी परेपछि आएको बाढीका कारण मुसिकोट नगरपालिका ३ र ७ जोड्ने निर्माणाधीन पक्की पुल दोस्रो पटक पुनः भत्किएको हो । अविरल वर्षाका कारण गत वर्ष ढलानकै क्रममा उक्त पुल भत्किएको थियो । भत्किएको उक्त पुलको आठ महिनापछि पुनःनिर्माण शुरु गरी चैत मसान्तमा तल्लो ढलान सम्पन गरिएको थियो ।
बुधबार साँझपख बढीघाट खोलामा आएको बाढीका कारण पक्की पुल भत्किँदा ठूलो क्षति पुगेको मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले बताए । तीन वर्षअघि सङ्घीय सरकारको पाँच करोड १७ लाख लागतमा तत्कालीन जिल्ला प्राविधिक कार्यालय गुल्मीमार्फत वाइटी जयबुद्ध कन्स्ट्रक्सन प्रालिले उक्त पुल निर्माणको जिम्मा पाएको थियो । निर्माणाधीन पुलको लम्बाइ ५५ मिटर छ ।
बाढीले चौरासी–धुर्कोट जोड्ने पक्की पुलसमेत उच्च जोखिममा छ । त्यस्तै बाढीले निस्ती खोलामा रहेको चण्डेश्वरी हेभी इक्विपमेण्ट कन्स्ट्रक्सनको लु १ त २४८२ नम्बरको ट्रयाक्टरसमेत बगाएको छ ।
News Desk 0 response बिहिबार, बैशाख ४, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३ -
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३
-
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३ -
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३



