

-
विराटनगर । उद्योग सङ्गठन मोरङले लकडाउनको अवधिमा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति तथा बिक्री वितरणमा कृत्रिम अभाव सिर्जना गर्ने तथा अत्यधिक मूल्य लिई कालोबजारी नगर्न आग्रह गरेको छ ।
मानव जातिको अस्तित्व नै सङ्कटमा परिरहेको यस विषम परिस्थितिमा यसबाट बच्न नेपाल सरकारद्वारा अवलम्वन गरिएको लकडाउनलाई पालना गर्दै तथा उद्योग सञ्चालनका सम्बन्धमा जारी स्वास्थ्य सुरक्षा प्रोटोकल पालना गर्दै अत्यावश्यक वस्तु तथा सेवाको उत्पादन तथा बिक्री वितरणमा संलग्न उद्योगी व्यवसायीलाई साबिकको मूल्यमा बिक्री गर्न सो सङ्गठनद्वारा आज जारी विज्ञप्तिमा आग्रह गरिएको हो ।
सम्बन्धित निकायबाट हुने अनुगमनमा यदि कोही कसैले कालोबजारी गरेको पाइएका उद्योग सङ्गठन जिम्मेवार नहुने जानकारी गराउँदै विज्ञप्तिमा बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाइसकेको तर ऋणको ब्याजदर नघटाएको हुँदा यो पनि कालोबजारीकै रूप भएको ठहर गरिएको छ ।
बैंक तथा वित्तीय संस्थाको यस प्रकारको कालोबजारीलाई पनि कडाइका साथ अनुगमन गर्दै ब्याजदर आधारदरमा गणना गर्नुपर्ने जोडदार माग गर्दै सङ्गठनका अध्यक्ष भीम घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा कोरोनाविरुद्धको लडाइँ जारी रहेको र कहिलेसम्म यो लम्बिने हो निश्चित नभएको अवस्थामा उद्योग व्यवसाय क्षेत्रमा परेको दूरगामी प्रभावबाट यस क्षेत्रलाई पुनःउद्धार गर्न तथा उपयुक्त आर्थिक प्याकेजसहितको न्यायोचित सम्बोधनका लागि सरकारसँग माग गरिएको छ ।
News Desk 0 response बिहिबार, बैशाख ४, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३ -
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३
-
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३ -
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३



