-
भारत सरकारले कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि हाल जारी रहेको लकडाउनलाई आगामी मे महिनाको ३ तारिख अर्थात् वैशाख २१ गतेसम्म लम्ब्याएको घोषणा गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गरेको २१ दिने लकडाउनको अवधि आज मंगलबार समाप्त हुँदै थियो ।
प्रधानमन्त्री मोदीले मङ्गलबार टेलिभिजनबाट सम्बोधन गर्दै भने, “लकडाउनको अबको अवस्थामा अनुगमन कार्यलाई झनै कडा पारिनेछ । आगामी अप्रिल २० तारिखसम्म देशका विभिन्न राज्य तथा जिल्लामा लकडाउन के कसरी कार्यान्वयन भएको छ भन्ने बारेमा विशेष अनुगमन गरिनेछ ।”
यदि राज्य तथा जिल्लाहरुमा लकडाउन राम्रोसँग कार्यान्वयन भएको देखिएमा ती क्षेत्रमा अप्रिल २० पछि अत्यावश्यक सेवा र वस्तुका लागि केही खुकुलो गरिने उनले बताए ।
प्रधानमन्त्री मोदीले गत शनिबार भारतका विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग भिडियो कल गरेर अहिलेको लकडाउनको अवस्थालाई के गर्ने भन्ने विषयमा परामर्श गरेका थिए ।
सबैको सुझावलाई ध्यानमा राखेर नै मे ३ सम्म लकडाउन कायम गरिएको मङ्गलबारको सम्बोधनमा उनको भनाई थियो । यो सबै नागरिकको जीवनको सुरक्षाका लागि गरिएकोले सबैलाई यस अवधिमा घरभित्रै बस्न र बाहिर ननिस्किन पनि उनले आग्रह गरेका छन् ।
सरकारले जारी राखेको यही लकडाउनकै कारण भारतमा अहिलेसम्म कोरोनाबाट हुने क्षतिलाई कम गर्न सकिएको उनले बताए ।
सो सम्बोधनका क्रममा उनले भने– हामीलाई थाहा छ कि तपाईंहरुलाई अप्ठ्यारो परेको छ, कसैलाई खाने त कसैलाई आउजाउ गर्न पनि समस्या छ । तर पनि तपाईहरु सबै देशवासीले यस्तो अप्ठेरो अवस्थामा पनि अनुशासित रुपमा सरकारको आदेश मान्नुभएको छ र एकजना सिपाहीले जस्तो गरी कर्तव्यको पालना गर्नुभएको छ ।
भारतमा हालसम्म कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या ९ हजार भन्दा बढी पुगेको छ । मङ्गलबारको समाचारअनुसार त्यहाँ कोरोना भाइरसबाट ३३९ जनाको ज्यान गइसकेको छ । एएनआई
News Desk 0 response मङ्लबार, बैशाख २, २०७७
सम्बन्धित शीर्षकहरु
चीन र युरोपेली सङ्घबीच विद्युतीय कारको शुल्कसम्बन्धी वार्ता हुने
शुक्रबार, भदौ २८, २०८१भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम येचुरीको निधन
बिहिबार, भदौ २७, २०८१पाकिस्तानमा पोलियो कार्यकर्ता र प्रहरीको हत्या
बिहिबार, भदौ २७, २०८१४ जना यात्रीसहित ‘स्पेसएक्स’ को अन्तरिक्षयान प्रक्षेपण
मङ्लबार, भदौ २५, २०८१-
संवैधानिक परिषद्को अर्को बैठक पर्सि सोमवार बस्ने
शनिबार, भदौ २९, २०८१ -
भोटेकोशी नदीमा खसेको गाडी निकालियो
शनिबार, भदौ २९, २०८१ -
युक्रेनलाई लामा दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति..
शुक्रबार, भदौ २८, २०८१ -
लगातारको वर्षाका कारण सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित
शुक्रबार, भदौ २८, २०८१ -
माओवादीले संसदको अवरोधलाई निरन्तरता दिने
शुक्रबार, भदौ २८, २०८१
-
संवैधानिक परिषद्को अर्को बैठक पर्सि सोमवार बस्ने
शनिबार, भदौ २९, २०८१ -
भोटेकोशी नदीमा खसेको गाडी निकालियो
शनिबार, भदौ २९, २०८१ -
युक्रेनलाई लामा दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति..
शुक्रबार, भदौ २८, २०८१ -
लगातारको वर्षाका कारण सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित
शुक्रबार, भदौ २८, २०८१ -
माओवादीले संसदको अवरोधलाई निरन्तरता दिने
शुक्रबार, भदौ २८, २०८१
-
गृहकै ‘क्याडर’ गृहसचिव नियुक्त
शुक्रबार, भदौ २१, २०८१ -
निरन्तर आकर्षक अड्डा पाउने बदनाम भन्सार ..
बिहिबार, भदौ २०, २०८१ -
टिकटक प्रतिबन्ध हटाउन सम्बन्धित इन्टरनेट सेवा प्रदायक..
शुक्रबार, भदौ २१, २०८१ -
बिचौलियामार्फत रकम उठाउने मधेश प्रदेशका डिआईजी कार्वाहीका..
मङ्लबार, भदौ २५, २०८१ -
उमेरहदका कारण अवकाश नगर्न गुहार मागेका प्रहरीलाई..
बिहिबार, भदौ २०, २०८१