

-
बनेपा । आफ्नो ग्रिन हाउसमा ढकमक्क फूल फुलेपनि धुलिखेल नगरपालिका ५ श्रीखण्डपुरस्थित होरिजन नर्सरीका सञ्चालक वीरेन्द्र श्रेष्ठले हरेर दिन बिताउनुपरेको छ ।
“मेरो नर्सरीमा अहिले गुलाफ, जिप्सी, कार्नेशन, लिमोनियम (स्टाटिस) फूल ढकमक्क फुलिरहेको छ तर बेच्न नपाउँदा कुनैको कोपिला नै चुँडेर फाल्ने र कुनै काटेर चोकमा लगेर बाँड्ने गरेको छु ।” उनले भने, “चैत २०-२२ देखि वैशाख जेठसम्म फूल बेच्ने समय हो, तर बिक्री गर्ने अवस्था नै नभएपछि काटेर फाल्नुको विकल्प छैन ।”
उनलाई यसका कारण करिब २० लाख रुपैयाँ घाटा पर्ने देखिएको छ । एकातिर आम्दानी खेरा जानु, अर्कोतिर भाडा तिर्नुपर्ने समस्या र कामदारलाई तलब कसरी ख्वाउने भन्नेमा चिन्तामा श्रेष्ठ छन् । “फुलेको फूलहरु सबै काटेर दुई÷तीन पटक चोकमा लगेर राखिसकेँ, बाटोमा हिँड्नेहरुले लान त पाउँछ भनेर चौतारामा राख्ने गरेको छु ।”
बनेपा नगरपालिका १० जनागालका अर्का पुष्प व्यावसायी भोजराज तिमल्सिनाले यस वर्ष आफूहरु ठूलो मारमा परेको बताए । फ्लोरिकल्चर एशोसिएसन नेपाल काभ्रेपलाञ्चोकका पूर्वअध्यक्ष एवं युनिक फ्लोरा फर्मका सञ्चालक तिमल्सिनले फुलिरहेको फूल फाल्नुबाहेक अरु विकल्प नभएको बताए । “फूल फुल्न थालेपछि धैर्य गर्न पनि नहुने, दिन बिराएर बजारीकरण गर्नुपर्नेमा उल्टै फाल्नका कामदार लगाउनुपर्ने अवस्था छ ।” उनले भने, “भ्रमण वर्ष र नयाँ वर्षलाई केन्द्रित गरेर उत्पादन गरेको फूलखेती लकडाउनका कारण ठूलो घाटामा गयो ।” उनले विषेश गरी कार्नेशन, जर्वेरा, लिमोनियम र गुलाफको खेती गरेका छन् ।
बनेपा नगरपालिका १० जनागालका अर्का मोर्डन नर्सरी व्यावसायी ध्रुव दाहालले यही मौसममा विशेषगरी चल्ने फूलको विरुवा बेचेर आम्दानी गर्ने उनले यसवर्ष धेरै घाटा व्यहोर्नुपर्ने अवस्था आएको बताए । “विशेष गरी होटलहरुमा विरुवा लाने समय हो, तर नर्सरीबाट विरुवा नै बेच्न नपाएका कारण ठूलो मार खेप्नु परेको छ ।” उनले भने, “महिनाको करिब एक लाखको दरले घाटा व्यहोर्नु परिरहेको छ ।”
एसोसिएशनका काभ्रेपलाञ्चोकका अध्यक्ष एवं होरिजन नर्सरीका सञ्चालक वीरेन्द्रबहादुर श्रेष्ठले पछिल्लो समयमा ३० जनाभन्दा बढी किसानहरुले फूल खेती गर्दै आइरहनुभएको छन् । व्यवसायिकरुपमा नै खेती गर्दै आएका किसानले करिब १५ करोडसम्मको लगानी गरी खेती गरिरहेको बेला लकडाउनले समस्यामा पारेको बताए । एसोसिएशनका काभ्रेपलाञ्चोकका उपाध्यक्ष भेषराज दनुवारका अनुसार यसवर्ष अन्दाजी तीन करोड भन्दा बढीको घाटामा पर्ने खतरा देखिएको छ ।
News Desk 0 response मङ्लबार, बैशाख २, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित..
बिहिबार, जेष्ठ २८, २०८३ -
मनसुनी बायु नेपालको सीमा सम्म आइपुग्यो
बिहिबार, जेष्ठ २८, २०८३ -
बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले
बिहिबार, जेष्ठ २८, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित..
बिहिबार, जेष्ठ २८, २०८३ -
मनसुनी बायु नेपालको सीमा सम्म आइपुग्यो
बिहिबार, जेष्ठ २८, २०८३ -
बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले
बिहिबार, जेष्ठ २८, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
आइतबारको बिदा खारेज गर्न लागिएको होइन :..
आइतवार, जेष्ठ २४, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३



