

-
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सङ्कटको समयमा आपूर्ति व्यवस्थालाई सहज बनाउन सरकारले पहल गरिरहेको बताएका छन् ।
नववर्ष २०७७ तथा विशु पर्वको अवसरमा आज शुभकामना दिँदै उनले लकडाउनपछि जीविकोपार्जन तथा आपूर्तिको समस्याको चिन्ता थपिनु स्वभाविक भए पनि सबैको सहयोगबाट आपूर्ति व्यवस्थालाई सहज राख्न र कालोबजारीको नियन्त्रण गर्न सकिएको बताएका छन् ।
तत्कालका लागि आपूर्ति व्यवस्थालाई सहज बनाउने र दीर्घकालमा उत्पादनको क्षेत्रमा महामारीको प्रभावलाई पूर्ण अन्त्य गर्ने गरी सरकार अघि बढेको बताउँदै मन्त्री भट्टले जनताबाट प्राप्त सहयोगले नयाँ वर्षलाई उल्लेख्य प्रगतिको वर्षका रुपमा हेर्न सकिने आशा व्यक्त गरेका छन् ।
“सामूहिक प्रयासले हामी यो चुनौतीको सामना गर्नसक्ने छौं भन्ने मैले विश्वास लिएको छु”, उनले सन्देशमा भनेका छन्, “चुनौतीका पहाडलाई हाम्रो सामूहिक प्रतिबद्धता र पहलले पार गर्ने विश्वास व्यक्त गर्न चाहन्छु ।”
News Desk 0 response सोमवार, बैशाख १, २०७७


सम्बन्धित शीर्षकहरु
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
भन्सार शुल्क बढाउने अमेरिकाको धम्कीपछि युरोपेली सङ्घ..
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२ -
काठमाडौं महानगरको २५ अर्ब ७६ करोड रुपैयाँको..
आइतवार, असार २९, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सिङ्गापुरलाई २ विकेटले हराउँदै नेपालले जित्यो यू–१६..
शनिबार, असार २१, २०८२ -
सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त
सोमवार, असार २३, २०८२ -
सोमबार आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द..
शुक्रबार, असार २०, २०८२ -
बेलायतले इरानबाट बढ्दो र अप्रत्याशित खतराको सामना..
बिहिबार, असार २६, २०८२