

-
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपतिका लागि आगामी नोभेम्बरमा हुने चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न अलास्का राज्यमा भएको मतदानमा जो बाइडेन विजयी भएका छन् । कोरोनाभाइरस महामारीको कारण हुलाक मार्फत गरिएको मतदानको नतिजा शनिबार अबेर राति घोषणा गरिएको थियो ।
गत हप्ता बाइडेनका प्रतिद्वन्द्वी बर्नी स्यान्डर्सले प्रतिस्पर्धा त्याग्ने घोषणा गर्नुअघि नै उक्त मतदान भएको थियो । यसका कारण स्यान्डर्सको पक्षमा पनि मतदान भएको छ ।
मतपरिणाम अनुसार बाइडेनले ५५.३ प्रतिशत तथा स्यान्डर्सले ४४.७ प्रतिशत मत प्राप्त गरेका छन् । यसबाट बाइडेनले राज्यको कूल प्रतिनिधि (डेलिगेट) १५ मध्ये ९ जना तथा स्यान्डर्सले ६ जना प्रतिनिधि प्राप्त गरेको डेमोक्र्याटिक पार्टीले जनाएको छ ।
धेरै अमेरिकीहरू जस्तै बाइडेन पनि कोरोनाभाइरस महामारीका कारण घरभित्रै बसेका छन् ।
घरबाटै प्रेस विज्ञप्ति जारी गर्दै बाइडेनले स्यान्डर्सका समर्थकहरूलाई आफ्नो अभियानमा सामेल हुन आग्रह गरेका छन् । रासस/एएफपी
News Desk 0 response आइतवार, चैत्र ३०, २०७६


सम्बन्धित शीर्षकहरु
-
अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको..
शुक्रबार, माघ २५, २०८१ -
अन्तर्राष्ट्रिय फौजदारी अदालतले गर्यो अमेरिकी प्रतिबन्धको निन्दा
शुक्रबार, माघ २५, २०८१ -
‘एक्सन रुम’बाट प्रधानमन्त्रीको मुख्यमन्त्रीहरूसँग भर्चुअल संवाद
शुक्रबार, माघ २५, २०८१ -
हिउँदमा ४६ देशका पर्यटकले मनाङ घुमे
शुक्रबार, माघ २५, २०८१ -
विपीन जोशीको रिहाइका लागि पहल गर्न अरब..
शुक्रबार, माघ २५, २०८१
-
अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको..
शुक्रबार, माघ २५, २०८१ -
अन्तर्राष्ट्रिय फौजदारी अदालतले गर्यो अमेरिकी प्रतिबन्धको निन्दा
शुक्रबार, माघ २५, २०८१ -
‘एक्सन रुम’बाट प्रधानमन्त्रीको मुख्यमन्त्रीहरूसँग भर्चुअल संवाद
शुक्रबार, माघ २५, २०८१ -
हिउँदमा ४६ देशका पर्यटकले मनाङ घुमे
शुक्रबार, माघ २५, २०८१ -
विपीन जोशीको रिहाइका लागि पहल गर्न अरब..
शुक्रबार, माघ २५, २०८१
-
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
न्यायपरिषद सदस्यमा दामोदर खड्काको नाम अनुमोदन
आइतवार, माघ २०, २०८१ -
निजी क्षेत्रले पनि विमानस्थल निर्माण र सञ्चालन..
सोमवार, माघ २१, २०८१ -
युक्रेनसँग वार्ता सम्भव छ तर जेलेन्स्कीको उपस्थिति..
बुधबार, माघ १६, २०८१ -
झापाको दमकमा झडप, ८ जना पक्राउ
आइतवार, माघ २०, २०८१