

-
चितवन । इँटा भट्टामा काम हुन छाडेपछि त्यहाँ कार्यरत मजदुरहरु रातको समयमा भाग्न थालेका छन् । सरकारले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि लकडाउन गरेको तेस्रो हप्ता चलिरहँदा कामविहीन बस्नुपरेका मजदुरहरु भाग्न थालेका हुन् ।
जिल्लामा १८ इँटा भट्टा छन् । ती भट्टामा सात हजारभन्दा बढी मजदुर काम गर्दछन् । इँटा उद्योग सङ्घ चितवनका अध्यक्ष नारायणप्रसाद सापकोटाका अनुसार लकडाउन शुरु भएसँगै धेरै मजदुर पठाइएको भए पनि अझै दुई हजार ६०० हाराहारी मजदुर भट्टामा छन् ।
पूर्वी चितवनको खैरहनीमा ९, राप्तीमा ७ र रत्ननगरमा २ वटा इँटा भट्टा रहेका छन् । तीमध्ये केही आंशिक चलेको भए पनि अधिकांश बन्द छन् । सापकोटाका अनुसार खैरहनीका भट्टामा दुई हजार, राप्तीमा २०० र रत्ननगरमा २०० मजदुर भट्टामै छन् ।
काम नहुने भट्टामा बस्ने मजदुर दिनभर त्यसै बस्नुपरेको छ । सापकोटाका अनुसार ती मजदुरलाई काम नभए पनि उद्योगीले खाने र बस्ने व्यवस्था गरिरहेका छन् । इँटा भट्टामा अस्थायी बसोबास हुन्छ । त्यहीँ बस्नुपर्ने हुन्छ । अधिकांश मजदुरले कामभन्दा अघिनै पैसा लगिसकेका हुन्छन् । यस वर्ष पानी र अहिलेको सङ्क्रमणका कारण काम हुन सकेको छैन । साहुसँग लिनुको सट्टामा उल्टो तिर्नुपर्ने भएपछि मजदुर भाग्न थालेका हुन् ।
एउटै भट्टामा ४०० हाराहारी मजदुर हुन्छन् । यहाँ रहेकामध्ये सर्लाही र रौतहटका मजदुर भाग्ने गरेका हुन् । भट्टामा रहेका रोल्पा र दाङका मजदुर भागेका छैनन् । रातिको समयमा भट्टा मालिक वरिपरि नभएको मौका पारेर उनीहरु भाग्ने गरेका हुन् । घरमा गए परिवारसँग बस्न पाउने र घरको काम हुने भएपछि मजदुर भागेका हुन् । दैनिक रातिको समयमा मजदुर भागिरहेको सापकोटाले जानकारी दिए ।
भट्टा नचलेपछि खान र बस्न पाए पनि ठेक्कामा काम गराइने हुदाँ पैसा पाउँदैनन् । बुधबार साँझ राप्ती नगरपालिका–९ को मनकामना इँटा उद्योगबाट भाग्दै गरेका ३० मजदुरलाई प्रहरीले फर्काएको छ । इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषि मगरका अनुसार उनीहरुलाई सिमलतालबाट फर्काइएको हो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले मजदुरलाई खाने र बस्ने प्रबन्ध उद्योगले गर्नुपर्ने बताउँछन् । भाग्नबाट रोक्न प्रहरीले सहयोग गर्ने उनले बताए । कामविहीन ठूलो सङ्ख्याका मजदुर बस्दा स्थानीयवासीलाई पनि समस्या भएको जनाएका छन् । उद्योगीहरुले कामविहीन मजदुर आफैँले पाल्दासमेत भाग्ने गरेको र आरोप खेप्नुपरेको भन्दै गुनासो गरेका छन् ।
News Desk 0 response शुक्रबार, चैत्र २८, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३ -
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३
-
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३ -
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३



