

-
चितवन । इँटा भट्टामा काम हुन छाडेपछि त्यहाँ कार्यरत मजदुरहरु रातको समयमा भाग्न थालेका छन् । सरकारले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि लकडाउन गरेको तेस्रो हप्ता चलिरहँदा कामविहीन बस्नुपरेका मजदुरहरु भाग्न थालेका हुन् ।
जिल्लामा १८ इँटा भट्टा छन् । ती भट्टामा सात हजारभन्दा बढी मजदुर काम गर्दछन् । इँटा उद्योग सङ्घ चितवनका अध्यक्ष नारायणप्रसाद सापकोटाका अनुसार लकडाउन शुरु भएसँगै धेरै मजदुर पठाइएको भए पनि अझै दुई हजार ६०० हाराहारी मजदुर भट्टामा छन् ।
पूर्वी चितवनको खैरहनीमा ९, राप्तीमा ७ र रत्ननगरमा २ वटा इँटा भट्टा रहेका छन् । तीमध्ये केही आंशिक चलेको भए पनि अधिकांश बन्द छन् । सापकोटाका अनुसार खैरहनीका भट्टामा दुई हजार, राप्तीमा २०० र रत्ननगरमा २०० मजदुर भट्टामै छन् ।
काम नहुने भट्टामा बस्ने मजदुर दिनभर त्यसै बस्नुपरेको छ । सापकोटाका अनुसार ती मजदुरलाई काम नभए पनि उद्योगीले खाने र बस्ने व्यवस्था गरिरहेका छन् । इँटा भट्टामा अस्थायी बसोबास हुन्छ । त्यहीँ बस्नुपर्ने हुन्छ । अधिकांश मजदुरले कामभन्दा अघिनै पैसा लगिसकेका हुन्छन् । यस वर्ष पानी र अहिलेको सङ्क्रमणका कारण काम हुन सकेको छैन । साहुसँग लिनुको सट्टामा उल्टो तिर्नुपर्ने भएपछि मजदुर भाग्न थालेका हुन् ।
एउटै भट्टामा ४०० हाराहारी मजदुर हुन्छन् । यहाँ रहेकामध्ये सर्लाही र रौतहटका मजदुर भाग्ने गरेका हुन् । भट्टामा रहेका रोल्पा र दाङका मजदुर भागेका छैनन् । रातिको समयमा भट्टा मालिक वरिपरि नभएको मौका पारेर उनीहरु भाग्ने गरेका हुन् । घरमा गए परिवारसँग बस्न पाउने र घरको काम हुने भएपछि मजदुर भागेका हुन् । दैनिक रातिको समयमा मजदुर भागिरहेको सापकोटाले जानकारी दिए ।
भट्टा नचलेपछि खान र बस्न पाए पनि ठेक्कामा काम गराइने हुदाँ पैसा पाउँदैनन् । बुधबार साँझ राप्ती नगरपालिका–९ को मनकामना इँटा उद्योगबाट भाग्दै गरेका ३० मजदुरलाई प्रहरीले फर्काएको छ । इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषि मगरका अनुसार उनीहरुलाई सिमलतालबाट फर्काइएको हो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले मजदुरलाई खाने र बस्ने प्रबन्ध उद्योगले गर्नुपर्ने बताउँछन् । भाग्नबाट रोक्न प्रहरीले सहयोग गर्ने उनले बताए । कामविहीन ठूलो सङ्ख्याका मजदुर बस्दा स्थानीयवासीलाई पनि समस्या भएको जनाएका छन् । उद्योगीहरुले कामविहीन मजदुर आफैँले पाल्दासमेत भाग्ने गरेको र आरोप खेप्नुपरेको भन्दै गुनासो गरेका छन् ।
News Desk 0 response शुक्रबार, चैत्र २८, २०७६


सम्बन्धित शीर्षकहरु
-
शिक्षा मन्त्रीको राजीनामासँगै शिक्षकहरुको अलपत्र
मङ्लबार, बैशाख ९, २०८२ -
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता..
मङ्लबार, बैशाख ९, २०८२ -
कक्षा १२ को परीक्षाबारे निर्णय आज बोर्डको..
मङ्लबार, बैशाख ९, २०८२ -
सन्दर्भ : नेपाल कम्युनिष्ट पार्टी स्थापनाको छयत्तरौँ..
मङ्लबार, बैशाख ९, २०८२ -
स्थानीय र पश्चिमी वायुको प्रभाव : चट्याङ्गसहित..
मङ्लबार, बैशाख ९, २०८२
-
शिक्षा मन्त्रीको राजीनामासँगै शिक्षकहरुको अलपत्र
मङ्लबार, बैशाख ९, २०८२ -
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता..
मङ्लबार, बैशाख ९, २०८२ -
कक्षा १२ को परीक्षाबारे निर्णय आज बोर्डको..
मङ्लबार, बैशाख ९, २०८२ -
सन्दर्भ : नेपाल कम्युनिष्ट पार्टी स्थापनाको छयत्तरौँ..
मङ्लबार, बैशाख ९, २०८२ -
स्थानीय र पश्चिमी वायुको प्रभाव : चट्याङ्गसहित..
मङ्लबार, बैशाख ९, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
निलम्बित न्यायाधीश भुवन गिरीले पाए बलात्कार मुद्दामा..
आइतवार, चैत्र ३०, २०८१ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
पूर्वराजालाई संसदीय समितिमा बोलाउन मिल्छ ?
शनिबार, चैत्र २९, २०८१