

-
ललितपुर । ललितपुर उद्योग वाणिज्य सङ्घले मुलुकमा कोभिड–१९ त्रासका कारण भइरहको बन्दाबन्दीमा ललितपुरका तीन स्थानीय तहलाई खाद्यान्न सहयोग गरेको छ । सङ्घले ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकाका विपन्न, अपाङ्ग, असहाय, दैनिक ज्यालादारी गर्ने व्यक्ति वा मजदुरको परिवार भोकै बस्न नपरोस् भनी खाद्यान्न सहयोग गरेको हो ।
सङ्घले महानगरपालिकालाई दुई टन चामल, क्विटल दाल, गोदावरी र महालक्ष्मी नगरपालिकालाई एक–एक टन चामल र ५०–५० किलो दाल राहत वितरण गर्न सहयोग गरेको अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिए । उनले भने, “भौगोलिक विकटताको कारण हामीले ललितपुरका ती गाउँपालिकामा थप खाद्यान्न सहयोग गर्न सकेका छैनौँ । यी गाउँपालिकामा पनि खाद्यान्न सहयोग गर्नका लागि हामीले छलफल गरिरहेका छौँ ।” सहजरुपमा राहत लाने व्यवस्था मिलेमा यी तीनै गाउँपालिकालाई पनि खाद्यान्न सहयोग गर्ने महर्जनले बताए ।
सङ्घले दैनिक काम गरेर खानुपर्ने महानगरपालिकाका १५० स्थानीय परिवारलाई १०–१० किलो चामल र एक–एक किलो दाल वितरण गरिसकेको छ । सङ्घले सुरक्षा निकाय लगायतका केही स्थानीयलाई पाँच हजार थान मास्क पनि वितरण गरिसकेको महासचिव मनोजबहादुर न्याछ्योले बताएका छन् ।
News Desk 0 response बिहिबार, चैत्र २७, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३



