

-
ललितपुर । ललितपुर उद्योग वाणिज्य सङ्घले मुलुकमा कोभिड–१९ त्रासका कारण भइरहको बन्दाबन्दीमा ललितपुरका तीन स्थानीय तहलाई खाद्यान्न सहयोग गरेको छ । सङ्घले ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकाका विपन्न, अपाङ्ग, असहाय, दैनिक ज्यालादारी गर्ने व्यक्ति वा मजदुरको परिवार भोकै बस्न नपरोस् भनी खाद्यान्न सहयोग गरेको हो ।
सङ्घले महानगरपालिकालाई दुई टन चामल, क्विटल दाल, गोदावरी र महालक्ष्मी नगरपालिकालाई एक–एक टन चामल र ५०–५० किलो दाल राहत वितरण गर्न सहयोग गरेको अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिए । उनले भने, “भौगोलिक विकटताको कारण हामीले ललितपुरका ती गाउँपालिकामा थप खाद्यान्न सहयोग गर्न सकेका छैनौँ । यी गाउँपालिकामा पनि खाद्यान्न सहयोग गर्नका लागि हामीले छलफल गरिरहेका छौँ ।” सहजरुपमा राहत लाने व्यवस्था मिलेमा यी तीनै गाउँपालिकालाई पनि खाद्यान्न सहयोग गर्ने महर्जनले बताए ।
सङ्घले दैनिक काम गरेर खानुपर्ने महानगरपालिकाका १५० स्थानीय परिवारलाई १०–१० किलो चामल र एक–एक किलो दाल वितरण गरिसकेको छ । सङ्घले सुरक्षा निकाय लगायतका केही स्थानीयलाई पाँच हजार थान मास्क पनि वितरण गरिसकेको महासचिव मनोजबहादुर न्याछ्योले बताएका छन् ।
News Desk 0 response बिहिबार, चैत्र २७, २०७६


सम्बन्धित शीर्षकहरु
-
बैरागीको नेतृत्वमा भिजिट भिषा छानविन
सोमवार, असार ९, २०८२ -
‘जिरोदेखि सर्वोच्च’सम्मको यात्रा
सोमवार, असार ९, २०८२ -
इरानको फोर्दो परमाणु केन्द्रमा इजरायली आक्रमण
सोमवार, असार ९, २०८२ -
अमला रोका रिहा भए लगत्तै पक्राउ परिन्
सोमवार, असार ९, २०८२ -
इरानबाट ११ जना नेपाली फर्किँदै
सोमवार, असार ९, २०८२
-
बैरागीको नेतृत्वमा भिजिट भिषा छानविन
सोमवार, असार ९, २०८२ -
‘जिरोदेखि सर्वोच्च’सम्मको यात्रा
सोमवार, असार ९, २०८२ -
इरानको फोर्दो परमाणु केन्द्रमा इजरायली आक्रमण
सोमवार, असार ९, २०८२ -
अमला रोका रिहा भए लगत्तै पक्राउ परिन्
सोमवार, असार ९, २०८२ -
इरानबाट ११ जना नेपाली फर्किँदै
सोमवार, असार ९, २०८२
-
टेक एण्ड पे प्रावधान हटाउन ..
बिहिबार, असार ५, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
बीपी राजमार्गमा १५ दिनसम्म रात्री सवारी साधन..
शुक्रबार, असार ६, २०८२ -
दैलेखको जलजलेमा मिथेन ग्याँसको विशाल भण्डारण भएको..
बिहिबार, असार ५, २०८२ -
पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा फेरि सडक बन्द
शनिबार, असार ७, २०८२