

-
काठमाडौँ । लकडाउनको समयमा पनि केही काम नियमित रुपमा भइरहेका छन् । सरकारले गरेको आग्रह अनुसार सामाजिक दूरी कायम गरेर भइरहेका नियमित कामले पनि आशा जगाउने वातावरण तयार पारिरहेको छ ।
यसै क्रममा पुनर्बीमा कम्पनीको साधारण सेयर (आइपीओ) को आज बाँडफाँड भएको छ । कम्पनीको आइपीओमा आवेदन गरेका कूल ३ लाख ९० हजार ६३८ जना आवेदकलाई आज शेयर बाँडफाँड गरेको हो । कम्पनीले केही दिन पहिले एक अर्ब ६० करोड बराबरको साधारण शेयर बिक्री गरेको थियो । कम्पनीको आइपीओमा ४० कित्ताभन्दा कम आवेदन गरेका सबैलाई माग अनुसार नै शेयर उपलब्ध गराइएको छ । त्यस्तै कूल ५० कित्ताभन्दा बढी आवेदन गर्नेलाई न्यूनतम ४० कित्ता शेयर पाएका छन् । यस्तै कूल ७७ हजार २४५ जनाले थप १० कित्ता शेयर पाएका छन् ।
कम्पनीको शेयरमा कूल २७ हजार ७४८ जनाले १० कित्ताका लागि आवेदन दिएका थिए । यस्तै २० कित्ताको लागि १५ हजार ५९० जना र ३० कित्ताको लागि १२ हजार ७२३ जनाले आवेदन दिएका थिए । कूल ४० कित्ताको लागि २० हजार ९२९ जनाको आवेदन परेको थियो । त्यस्तै ५० कित्तादेखि १० हजारकित्तासम्म आवेदन दिने तीन लाख १३ हजार ६४८ जनामा ७७ हजार २४५ लाई गोलाप्रथाबाट शेयर दिइएको छ ।
News Desk 0 response बुधबार, चैत्र २६, २०७६


सम्बन्धित शीर्षकहरु
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
ट्रम्पद्वारा दक्षिण कोरिया र जापानमाथि २५ प्रतिशत..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२ -
मिथेन ग्यासको सम्पर्कमा आएर इराकमा १२ टर्किए..
सोमवार, असार २३, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सार्वभौम संसदमा सांसद कै अपमान,लाजै नमानी अर्कालाई..
मङ्लबार, असार १७, २०८२ -
भगिनी संबन्ध रहेका शहरहरुको समन्वय तथा अनुभव..
आइतवार, असार १५, २०८२ -
नेतालाई ‘काका’ भनेपछि थाइल्याण्डमा प्रधानमन्त्री निलम्बित
मङ्लबार, असार १७, २०८२ -
दाङ, बाँके र गुल्मीमा भारी वर्षा, सतर्कता..
सोमवार, असार १६, २०८२