

-

न्यूयोर्क । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट संयुक्तराज्य अमेरिकामा एकै दिन १ हजार ९०० जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनका अनुसार अमेरिकामा कोरोनाभाइरस संक्रमितमध्ये हालसम्म १२ हजार ८५७ जनाको ज्यान गइसकेको छ ।
पछिल्लो विवरण अनुसार अमेरिकामा कूल ४ लाख मानिस संक्रमित भएको भेटिएको छ । अमेरिकामा सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा मृतकको संख्या चार हजार नाघिसकेको छ ।
न्यूयोर्कका गभर्नर एन्ड्रु कुमोले सामाजिक दूरी कायम नराखिए अझ बढी मानिस संक्रमित हुने र मृतकको संख्या पनि बढ्न सक्ने चेतावनी दिए ।
कोरोना संक्रमणबाट हालसम्म विश्वभर १४ लाख ३५ हजार मानिस संक्रमित भएका छन् भने ८२ हजार १९१ जनाको मृत्यु भइसकेको छ ।
यद्यपी कूल मृतकको संख्या युरोपेली मुलुकहरुमा सबैभन्दा बढी देखिएको छ । इटाली, स्पेन, फ्रान्स, स्पेन, नेदल्यान्ड्स, बेलायतजस्ता समृद्ध र बलियो स्वास्थ्य प्रणाली भएका राष्ट्रहरुमा कोरोना पीडितको संख्या बढी देखिएको छ ।
हालसम्म पहिलो स्थानमा रहेको इटालीमा कूल १७ हजार १२७ जनाको मृत्यु भइसकेको छ भने एक लाख ३६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।
कूल एक लाख ४२ हजार कोरोना संक्रमित भएको स्पेनमा १४ हजारभन्दा बढीको मृत्यु भएको छ । स्पेनका अधिकारीहरुले मंगलबार ७४३ जनाको मृत्यु भएको देखिए पनि मृतकको संख्या घट्न थालेको बताएका छन् ।
फ्रान्समा भने एक लाख ९ हजार संक्रमित भएकामध्ये १० हजार ३२८ जनाको ज्यान गएको छ । फ्रान्सेली स्वास्थ्य निर्देशक जेरोम सोलोमोनले फ्रान्समा मृतकको संख्या अझै बढ्न सक्ने बताउँदै मृतकको संख्या अझै उच्च विन्दुमा पुगिनसकेको बताए ।
बेलायतमा ६ हजार १५९ जनाको मृत्यु भइसकेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन समेत ५५ हजारभन्दा बढी बेलायती नागरिक कोरोनाभाइरसबाट संक्रमित भएका छन् । प्रधानमन्त्री जोन्सनको लन्डनस्थित सेन्ट टमस अस्पतालको सघन उपचार कक्षमा राखेर विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था स्थिर रहेको र अक्सिजन दिइएको छ ।
उता इरानमा मृतकको संख्या ३ हजार ८७२ पुगेको छ भने चीनमा ३ हजार ३३३, नेदरल्यान्ड्समा २ हजार १०१, बेल्जियममा २ हजार ३५, जर्मनीमा २ हजार १६, स्वीट्जरल्यान्डमा ८२४, टर्कीमा ७२५ तथा ब्राजिलमा ६८८ जनाको ज्यान गएको छ । चीनले कोरोनाभाइरस उत्पत्तिको केन्द्र मानिएको हुबे प्रान्तको उहान शहरमा ७६ दिनदेखि जारी लकडाउन बुधबारदेखि हटाएको छ ।
करिब एक अर्ब ३७ करोड जनसंख्या रहेको भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ५ हजार ३६० पुगेको र १६४ जनाको मृत्यु भएको छ । पाकिस्तानमा कूल संक्रमित ४ हजार रहेकामा ५८ जनाको मृत्यु भएको, बंगलादेशमा १६४ जना संक्रमित पाइएकामा १७ जनाको मृत्यु भएको र श्रीलंकामा १८६ जना संक्रमितमध्ये ६ जनाको मृत्यु भएको छ । एजेन्सी
News Desk 0 response बुधबार, चैत्र २६, २०७६

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३



