

-
दैलेख । विश्वभर फैलिएको कोरोना भाइरस सङ्क्रमणबाट जोगिन सरकारले गरेको लकडाउनको घोषणाको अवधि दुई साता भइसकेको छ । सङ्क्रमण नेपालमा बढ्दै जान थालेपछि उच्च सतर्कतासँगै अन्तरपालिका आवतजावतसमेत बन्द गरिएको छ । लकडाउनका कारण दैनिक उपभोग्य सामग्रीको रूपमा रहेका तरकारी उत्पादन र बिक्रीवितरणमा अन्यत्र समस्या देखिएको भए पनि सदरमुकाम दैलेख बजारमा युवा व्यवसायीले उत्पादन गरेको च्याउले दैलेख बजारको तरकारी अभावलाई धानेको छ ।
सदरमुकामको दैलेख बजारमै युवा उद्यमी विजय ज्ञवालीले च्याउ उत्पादनका लागि दुई हजार सिलिन्डर निर्माण गरेर धमाधम च्याउ उत्पादन शुरु गरेका छन् । पोषिलो आहारका रूपमा रहेको च्याउ उत्पादनले सदरमुकाम दैलेख बजारको तरकारी अभावलाई पूरा गरेको छ । लकडाउनमा अरूले सामानको मूल्य बढाउने गरेको भए पनि राधाकृष्ण च्याउ उत्पादन तथा प्रशोधन रिसर्च सेन्टरले उत्पादन गरेको च्याउको मूल्य बढाइएको छैन । दैनिक २५ केजी च्याउ उत्पादन क्षमता रहेको उद्योगले लकडाउनको १३ औँ दिनसम्म पनि २५० रुपैयाँ प्रतिकेजी च्याउ बिक्री गरेको छ ।
कोरोना सङ्क्रमणबाट बच्न पोषिलो झोल कुरा खानुपर्ने स्वास्थ्यकर्मीको सल्लाहअनुसार सुकाएको र दैनिक उत्पादन भएको ताजा च्याउ लिन घरमै मानिसहरू पुग्ने गरेका छन् । १० लाख रकम लगानी गरेर च्याउ उत्पादन शुरु गरेका ज्ञवालीका तीन जनाको परिवार र अन्य चार कर्मचारी दैनिक च्याउ उत्पादनमा खटिएका छन् । च्याउका लागि आवश्यक पर्ने पराल, पराल काट्ने मेसिनसमेत ज्ञवालीले घरमै जोडेका छन् । घरको तल्लो तलाका पाँच र माथिल्लो तलाका दुई कोठामा च्याउ उमार्न शुरु गरिएको छ । पोषिलो ताजा उत्पादन र घरमै च्याउ पाएपछि निकै सहज भएको स्थानीयवासी अनिता केसीले बताइन् ।
घरमै उद्यम गर्न सके रोजगारी र आम्दानी हुन सक्छ भन्ने उद्देश्यले च्याउ खेती गरेको ज्ञवालीले बताइन् । “भकारीमा छ महिनासम्म खाना राखेर जोहो गर्ने चलन हराउँदै गयो, युवाहरूलाई विदेशमा गएर श्रम गर्नुपर्ने बाध्यता भयो, यस्ता कुरालाई हटाउन मैले घरमै च्याउ खेती शुरु गरेको हुँ”, ज्ञवालीले भनिन् । रासस
News Desk 0 response बुधबार, चैत्र २६, २०७६

सम्बन्धित शीर्षकहरु
-
उत्तर कोरियाको आणविक कार्यक्रम निरन्तर विस्तार
बिहिबार, जेष्ठ २१, २०८३ -
इरानको मिसाइल हमलाबाट कुवेतमा एक जनाको मृत्यु
बुधबार, जेष्ठ २०, २०८३ -
दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको..
बुधबार, जेष्ठ २०, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३
-
उत्तर कोरियाको आणविक कार्यक्रम निरन्तर विस्तार
बिहिबार, जेष्ठ २१, २०८३ -
दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको..
बुधबार, जेष्ठ २०, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३ -
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३
-
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
प्रधानमन्त्री एक हप्ताभित्रै संसदमा उपस्थित हुने :..
मङ्लबार, जेष्ठ १२, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३



