

-
जाजरकोट । कल्पना रोकायको साथमा एक नाबालक बच्चा पनि छ । रोकाय दैनिक स्वास्थ्य संस्थामा बिरामीको हेरदेखका साथै अग्ला–अग्ला डाँडा चहार्दै कोरोना भाइरसविरुद्ध माइकमार्फत सन्देश प्रवाह गर्दै हिँडिरहेकी छिन् ।
बारेकोट गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत रोकायका लागि यो बाध्यता र कर्तव्य बनेको छ । उनलाई आफ्नो बच्चाको माया त छ त्योभन्दा बढी चासो गाउँमा कोरोना भाइरसविरुद्ध जनचेतना फैलाएर सयौँ सर्वसाधारणको जीवन बचाउने अभियानमा सामेल हुनुमा छ ।
जिल्लामा सो गाउँपालिका सूचना र सञ्चारको पहुँच नभएको स्थानीय तहका रुपमा स्थापित छ । यहाँ फोन गर्न र रेडियो सुन्नसमेत अग्ला डाँडाकै सहारा लिनुपर्छ । वरिपरि अग्ला डाँडाको बीचमा थोरै समथर रहेको लिम्सामा गाउँपालिकाको प्रशासकीय कार्यालय छ । सोही गाउँबाट दैनिक कल्पनालगायत उनको साथमा आधा दर्जन प्रहरी तथा स्वास्थ्यकर्मी माइक र डेक लिएर देख्दै त्यहाँ कहिले पुगिएलाजस्ता लाग्ने अजङ्गका पहाड चढेर गाउँका सर्वसाधारणलाई कोरोना भाइरसबाट बच्न सन्देश प्रवाह गरिरहेका छन् ।दिनभरि सन्देश प्रवाह गरी बेलुका स्वास्थ्य संस्थामा पुगी भोलिपल्ट बिहानै कुन गाउँमा गएर सन्देश प्रवाह गर्ने सल्लाहसहित टोली छुट्टिने गर्छ । लकडाउनपछि गाउँपालिकाका प्रहरी र स्वास्थ्यकर्मीको यो नयाँ दैनिकी बन्दै आएको छ ।
जिल्लाका सातै स्थानीय तहमा माइकबाट सन्देश प्रवाह गरी गाउँगाउँमा कोरोनाविरुद्धको सन्देश प्रवाह गर्ने काम चालू छ । अन्य ठाउँमा फोन र सञ्चारमाध्यमको पहुँच भए पनि दुर्गम बारेकोटमा भने ती सबै सुविधा पाउनु फलामका चिउरा चपाए झैँ हुने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहको भनाइ छ । सदरमुकाममा बाक्लो बस्ती भएकाले प्रहरी प्रशासनलाई ‘लकडाउन’ कसरी कार्यान्वयन गराउने भन्ने चिन्ता छ ।
नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले भने, “होम क्वारेन्टाइन बसेका छन् भनिएको छ तर निगरानी कसैले नगर्दा के भयो भन्ने पत्तो नै लाग्न सकेको छैन ।” एक गाउँबाट अर्को गाउँमा जान दिनभरि लाग्छ उनले थपे, “विदेशबाट आएका मान्छेका सकभर जानकारी नै दिइन्नँ ।”छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महतराले भन्छन्, “यस्तो स्थितिमा अहिले स्वास्थ्य संस्थाबाट हतियारबिनाका सिपाही झैँ स्वास्थ्यकर्मी खटिइरहेका छन्, उनीहरु अहिलेको मुख्य हिरो हो तर उनीहरुसँग हतियार छैन । बिनाहतियार युद्धमा खटाइएको छ ।”
अन्य स्थानीय तहमा लकडाउनभन्दा पनि कोरोना भाइरसका विषयमा व्यापक जानकारी गराउनु आवश्यक रहेको बताउँदै उद्योग वाणिज्य सङ्घ जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीले प्रहरी र स्वास्थ्यकर्मीको कामको प्रशंसा गरे ।जिल्लामा क्वारेन्टाइनमा बस्न आग्रह गर्दा अपमान हुने बुझाइका कारण समस्या हुँदै गएको बताउने पत्रकार राजेन्द्र कार्की भन्छन्, “हामीले क्वारेन्टाइनका विषयमा बुझाउन सकेनौँ र बाहिरबाट आएकाहरु बस्न नमान्ने समस्या छ ।”
हालै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको पहलमा जिल्लामा थर्मलगनलगायत अन्य स्वास्थ्य सामग्री भित्रिएका कारण काम गर्न सजिलो हुने अपेक्षा भने लिइएको छ । जिल्ला अस्पतालबाट नै बिरामीको नमूना लिन मिल्ने उपकरण उपलब्ध गराई तालिमसम्म दिएको भए प्रभावकारी हुने स्थानीय तहका प्रमुखहरुको भनाइ छ । छिमेकी डोल्पामा लकडाउनको उल्लघङ्न हुन थालेपछि आजदेखि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिएका छन् ।
News Desk 0 response बुधबार, चैत्र २६, २०७६

सम्बन्धित शीर्षकहरु
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
नेपालको सार्वजनिक प्रशासनिक संयन्त्र
बिहिबार, बैशाख ३१, २०८३ -
ट्रेड युनियनको खारेजीदेखि सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने..
सोमवार, बैशाख २८, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३ -
काठमाडौंमा भूकम्पको धक्का
बुधबार, बैशाख ३०, २०८३



