-
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले लकडाउनको समयमा सुरक्षा अपनाएर विकास निर्माणका काम गर्ने वातावरण मिलाउन सरकारलाई आग्रह गरेको छ ।
लकडाउनका कारण विकास निर्माण कार्य ठप्प हुन पुगेकाले यसका लागि चाहिने सम्पूर्ण सामग्री आपूर्ति भएका निर्माण व्यवसायीलाई काम गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेको महासङ्घका महासचिव रोशन दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उनले अहिलेको समय निर्माण व्यवसायीको काम गर्ने समय भएको हुँदा निर्माण सामग्री आपूर्ति गरिसकेका आयोजनालाई सुरक्षा अपनाएर निरन्तरता दिनका लागि सरकारले समन्वयकारी भूमिका खेल्नुपर्ने बताए । “निर्माण व्यवसायीले पुल निर्माणका लागि अर्बौ रकम लगानी गरी निर्माण सामग्री सम्बन्धित स्थानमा ल्याइसकेकाले वर्षा अगाडि नै निर्माण सम्पन्न गर्ने वातावरण सरकारले निर्माण गर्नुपर्छ,” विज्ञप्तिमा भनिएको छ ।
परियोजना निर्माण क्षेत्रमा सीमित श्रमिक हुने र सामाजिक दूरी कायम गर्न सकिने हुँदा कोरोना भाइरसको खतरा कम हुने महासङ्घको ठहर छ । यस्तै, महासङ्घले पुल निर्माणका लागि आवश्यक पर्ने मेसिनलगायत उपकरण र निर्माण सामग्री तथा आवश्यक पर्ने खाद्यान्नको ढुवानी गर्न र पुलको इन्जिनीयर तथा मजदूरलाई अनुमति पासको व्यवस्था मिलाउन सरकासँग आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।
विश्वव्यापी रुपमा फैँलदै गएको नोबेल कोरोना भाइरसको सम्भावित सङ्क्रमणको रोकथामका लागि सरकारले यही चैत ११ देखि वैशाख ३ गतेसम्म लकडाउन गरेको छ ।
News Desk 0 response मङ्लबार, चैत्र २५, २०७६
सम्बन्धित शीर्षकहरु
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र सापकोटासहित सर्वसम्मत
शुक्रबार, पुस २६, २०८१पेट्रोल र डिजेलको मूल्य बढ्दा हवाई इन्धनको घट्यो
मङ्लबार, पुस १६, २०८१अमेरिकी डलरमा नयाँ रेकर्ड : नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर
आइतवार, पुस १४, २०८१-
अन्तरिक्षमा रहेको चिनियाँ टोलीले गरेको नयाँ परीक्षण..
मङ्लबार, माघ १, २०८१ -
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१ -
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१
-
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१ -
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिद्वारा ४ वटा अध्यादेश जारी
सोमवार, पुस २९, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
मेरो नेतृत्वको सिन्धु युएसए वेलफेर सोसाइटी र..
शनिबार, पुस २०, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१