

-
चितवन । जिल्लामा रहेका विभिन्न सङ्घसंस्थाले भरतपुर अस्पताललाई भिन्नभिन्न सामग्री सहयोग गरेका छन् । अविनाश ग्रुप अफ पोल्ट्री इण्डष्ट्रिज र स्काइ लार्क एग्रो प्रालीले आज अस्पताललाई पाँच हजार थान सर्जिकल मास्क हस्तान्तरण गरेको छ ।
कम्पनीका तर्फबाट टीकाराम पोख्रेलले अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीलाई उक्त परिमाणको मास्क हस्तान्तरण गरेका हुन् । कोरोना भाइरसको त्रासका कारण उपचारमा समस्या नहोस् भनेर अस्पताललाई मास्क हस्तान्तरण गरिएको पोख्रेलले जानकारी दिए । केही दिनमा नै थप मास्क अस्पताललाई उपलब्ध गराउने उनले बताए ।
आइतबार ती संस्थाले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताललाई पाँच हजार थान मास्क प्रदान गरेको थियो । यस्तै आजै जयकाली जडीबुटी उद्योग प्रालीले भरतपुर अस्पताललाई ६०० थान साबुन प्रदान गरेको छ । आफ्नो कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अस्पताललाई साबुन हस्तान्तरण गरिएको उद्योगका सुवास कुमार तिवारीले जानकारी दिए ।
तिवारीले अस्पतालका अध्यक्ष र मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीलाई ती सामान हस्तान्तरण गरेका हुन् । चितवन उद्योग सङ्घअन्तर्गतको युवा उद्यमी मञ्चले पञ्जा, सेनिटाइजर र मेडिकल टोपी अस्पताललाई प्रदान गरेको छ । मञ्चका अध्यक्ष अमर घिमिरेले अस्पतालका अध्यक्ष डा अधिकारी र सुपरिटेन्डेन्ट डा तिवारीलाई तीन हजार थान पञ्जा, ३० लिटर सेनिटाइजर र ३०० थान टोपी हस्तान्तरण गरेका छन् ।
उक्त सामग्री ग्रहण गर्दै अस्पतालका अध्यक्ष डा अधिकारीले सङ्कटका बेलामा सबै संस्थाको सहयोगले काममा सहयोग हुने बताए । सहयोगप्र्रति आभार प्रकट गर्दै उनले यसलाई आवश्यकताअनुसार अस्पतालमा खर्च गरिने बताएका छन् ।
News Desk 0 response सोमवार, चैत्र २४, २०७६

सम्बन्धित शीर्षकहरु
-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गाउँपालिका अध्यक्षविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा
सोमवार, असार २२, २०८३



