-
चितवन । जिल्लामा रहेका विभिन्न सङ्घसंस्थाले भरतपुर अस्पताललाई भिन्नभिन्न सामग्री सहयोग गरेका छन् । अविनाश ग्रुप अफ पोल्ट्री इण्डष्ट्रिज र स्काइ लार्क एग्रो प्रालीले आज अस्पताललाई पाँच हजार थान सर्जिकल मास्क हस्तान्तरण गरेको छ ।
कम्पनीका तर्फबाट टीकाराम पोख्रेलले अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीलाई उक्त परिमाणको मास्क हस्तान्तरण गरेका हुन् । कोरोना भाइरसको त्रासका कारण उपचारमा समस्या नहोस् भनेर अस्पताललाई मास्क हस्तान्तरण गरिएको पोख्रेलले जानकारी दिए । केही दिनमा नै थप मास्क अस्पताललाई उपलब्ध गराउने उनले बताए ।
आइतबार ती संस्थाले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताललाई पाँच हजार थान मास्क प्रदान गरेको थियो । यस्तै आजै जयकाली जडीबुटी उद्योग प्रालीले भरतपुर अस्पताललाई ६०० थान साबुन प्रदान गरेको छ । आफ्नो कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अस्पताललाई साबुन हस्तान्तरण गरिएको उद्योगका सुवास कुमार तिवारीले जानकारी दिए ।
तिवारीले अस्पतालका अध्यक्ष र मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीलाई ती सामान हस्तान्तरण गरेका हुन् । चितवन उद्योग सङ्घअन्तर्गतको युवा उद्यमी मञ्चले पञ्जा, सेनिटाइजर र मेडिकल टोपी अस्पताललाई प्रदान गरेको छ । मञ्चका अध्यक्ष अमर घिमिरेले अस्पतालका अध्यक्ष डा अधिकारी र सुपरिटेन्डेन्ट डा तिवारीलाई तीन हजार थान पञ्जा, ३० लिटर सेनिटाइजर र ३०० थान टोपी हस्तान्तरण गरेका छन् ।
उक्त सामग्री ग्रहण गर्दै अस्पतालका अध्यक्ष डा अधिकारीले सङ्कटका बेलामा सबै संस्थाको सहयोगले काममा सहयोग हुने बताए । सहयोगप्र्रति आभार प्रकट गर्दै उनले यसलाई आवश्यकताअनुसार अस्पतालमा खर्च गरिने बताएका छन् ।
News Desk 0 response सोमवार, चैत्र २४, २०७६
सम्बन्धित शीर्षकहरु
‘एचपीभी’ खोपमा १ अर्ब ३० करोड रुपैयाँ सरकारको खर्च
आइतवार, पुस २८, २०८१चाकु र तरुल मानव शरीरका लागि लाभदायक
आइतवार, पुस २८, २०८१हुम्लामा एकमहिनादेखि औषधि अभाव
शुक्रबार, पुस २६, २०८१-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१