

-
राजविराज । कोराना भाइरसका कारण सरकारले अह्वान गरेको लकडाउनका कारण उत्पादित तरकारीले बजार नपाएपछि किसान चिन्तित भएका छन् । ढुवानी गर्ने साधन उपलब्ध नहुँदा र सानो बजार क्षेत्र भएकाले व्यावसायिक तरकारी खेती गर्ने किसानको तरकारी बिक्री हुन नसकेको हो ।
स्थानीय बजारमा बिक्री गर्दा तरकारीले उचित मूल्यसमेत पाउन नसकेको उनीहरूले बताएका छन् । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित कोशी किनारमा किसानले व्यावसायिकरूपमा लगाएको तरकारी सदरमुकाम राजविराजसहित जिल्लाका अन्य साप्ताहिक हाटबजारमा बिक्रीका लागि लैजान ढुवानी नहुँदा चिन्तित बनाएको किसानहरूले गुनासो गरेका छन् ।
ठूलो लगानी गरेर व्यावसायिक खेती गरेको तर सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता रहेको उनीहरूले बताएका छन् । पछिल्लो समय व्यावसायिक तरकारी उत्पादनको लहर चले पनि लगानीको अनुपातमा किसानको हातमा पर्ने लाभ भने घटेको स्थानीय वीरेन्द्र मगरदैताको भनाइ छ । सदरमुकाम राजविराजमा मात्र दैनिक दुईदेखि तीन मेट्रिक टन तरकारी खपत हुने गरेको छ तर उत्पादन धेरै भए पनि लकडाउनका कारण माग थोरै भएपछि व्यावसायिकरूपमा तरकारी खेती गर्ने किसान समस्यामा परेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
सप्तरीको पूर्वी भेगमा २५ किसानले व्यावसायिकरूपमा तरकारी खेती गरिरहेको स्थानीय अगुुवा कृषक मोहम्मद राशिकले बताए । अहिले उनीहरूको खेतमा काँक्रो, फर्सी, लौकालगायत अन्य हरियो तरकारी उत्पादन भएका छन् । बजार पुुर्याउन नसक्दा लौका र काँक्रो खेतमै कुुहिएको उनले बताए । “काँक्रो टिप्ने हो भने झण्डै दुुई क्विन्टल निस्कन्छ, टिपेर के गर्नुु ? बजार पुुर्याउन यातायातको सुुविधा छैन”, अर्का कृषक मोहम्मद मोहसिनले भने, “हातमा बोकेर कहाँ लगेर बेच्नुु ?”
किसानले व्यावसायिक खेती भएको स्थानमा चिस्यान केन्द्र र ढुुवानी गर्ने सडकको व्यवस्था गर्न माग गरेका छन् । अर्का अगुवा कृषक आकाश यादवले किसानको उत्पादन बजारसम्म पुुर्याउन सहज हुुने अवस्था सिर्जना गर्न सरकारसँग माग गरे । “व्यावसायिक तरकारी खेती बढ्दै गएको छ । यहाँ उत्पादन भएको वस्तुु सहजरूपमा बजार पठाउन सके प्रदेश नं २ कै तरकारीको मागलाई थेग्न सक्छ”, उनले भने ।
News Desk 0 response सोमवार, चैत्र २४, २०७६

सम्बन्धित शीर्षकहरु
-
उत्तर कोरियाको आणविक कार्यक्रम निरन्तर विस्तार
बिहिबार, जेष्ठ २१, २०८३ -
इरानको मिसाइल हमलाबाट कुवेतमा एक जनाको मृत्यु
बुधबार, जेष्ठ २०, २०८३ -
दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको..
बुधबार, जेष्ठ २०, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३
-
उत्तर कोरियाको आणविक कार्यक्रम निरन्तर विस्तार
बिहिबार, जेष्ठ २१, २०८३ -
दिल्लीको एक होटलमा आगलागी, कम्तीमा २१ जनाको..
बुधबार, जेष्ठ २०, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३ -
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३
-
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
प्रधानमन्त्री एक हप्ताभित्रै संसदमा उपस्थित हुने :..
मङ्लबार, जेष्ठ १२, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३



