-
राजविराज । कोराना भाइरसका कारण सरकारले अह्वान गरेको लकडाउनका कारण उत्पादित तरकारीले बजार नपाएपछि किसान चिन्तित भएका छन् । ढुवानी गर्ने साधन उपलब्ध नहुँदा र सानो बजार क्षेत्र भएकाले व्यावसायिक तरकारी खेती गर्ने किसानको तरकारी बिक्री हुन नसकेको हो ।
स्थानीय बजारमा बिक्री गर्दा तरकारीले उचित मूल्यसमेत पाउन नसकेको उनीहरूले बताएका छन् । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित कोशी किनारमा किसानले व्यावसायिकरूपमा लगाएको तरकारी सदरमुकाम राजविराजसहित जिल्लाका अन्य साप्ताहिक हाटबजारमा बिक्रीका लागि लैजान ढुवानी नहुँदा चिन्तित बनाएको किसानहरूले गुनासो गरेका छन् ।
ठूलो लगानी गरेर व्यावसायिक खेती गरेको तर सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता रहेको उनीहरूले बताएका छन् । पछिल्लो समय व्यावसायिक तरकारी उत्पादनको लहर चले पनि लगानीको अनुपातमा किसानको हातमा पर्ने लाभ भने घटेको स्थानीय वीरेन्द्र मगरदैताको भनाइ छ । सदरमुकाम राजविराजमा मात्र दैनिक दुईदेखि तीन मेट्रिक टन तरकारी खपत हुने गरेको छ तर उत्पादन धेरै भए पनि लकडाउनका कारण माग थोरै भएपछि व्यावसायिकरूपमा तरकारी खेती गर्ने किसान समस्यामा परेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
सप्तरीको पूर्वी भेगमा २५ किसानले व्यावसायिकरूपमा तरकारी खेती गरिरहेको स्थानीय अगुुवा कृषक मोहम्मद राशिकले बताए । अहिले उनीहरूको खेतमा काँक्रो, फर्सी, लौकालगायत अन्य हरियो तरकारी उत्पादन भएका छन् । बजार पुुर्याउन नसक्दा लौका र काँक्रो खेतमै कुुहिएको उनले बताए । “काँक्रो टिप्ने हो भने झण्डै दुुई क्विन्टल निस्कन्छ, टिपेर के गर्नुु ? बजार पुुर्याउन यातायातको सुुविधा छैन”, अर्का कृषक मोहम्मद मोहसिनले भने, “हातमा बोकेर कहाँ लगेर बेच्नुु ?”
किसानले व्यावसायिक खेती भएको स्थानमा चिस्यान केन्द्र र ढुुवानी गर्ने सडकको व्यवस्था गर्न माग गरेका छन् । अर्का अगुवा कृषक आकाश यादवले किसानको उत्पादन बजारसम्म पुुर्याउन सहज हुुने अवस्था सिर्जना गर्न सरकारसँग माग गरे । “व्यावसायिक तरकारी खेती बढ्दै गएको छ । यहाँ उत्पादन भएको वस्तुु सहजरूपमा बजार पठाउन सके प्रदेश नं २ कै तरकारीको मागलाई थेग्न सक्छ”, उनले भने ।
News Desk 0 response सोमवार, चैत्र २४, २०७६
सम्बन्धित शीर्षकहरु
पेट्रोलमा र डिजेलको मूल्य बढ्यो
बुधबार, माघ २, २०८१नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र सापकोटासहित सर्वसम्मत
शुक्रबार, पुस २६, २०८१पेट्रोल र डिजेलको मूल्य बढ्दा हवाई इन्धनको घट्यो
मङ्लबार, पुस १६, २०८१-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१