

-
न्यूयोर्क । अमेरिकाको न्यूयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले चीन सरकारले कोरोनाभाइरसबाट ठूलो संकटको सामना गरिरहेको न्यूर्याकका लागि एक हजार थान भेन्टिलेटर पठाउन लागेको शनिबार बताएका छन् ।
गभर्नर कुमोले संकटको यस समयमा चीन सरकारको सदासयताका लागि धन्यवाद दिँदै चीनले प्रदान गर्न लागेका भेन्टिलेटर शनिबार नै अमेरिकाको केनेडी विमानस्थलमा आइपुग्ने जानकारी दिएका छन् । अमेरिकाका विभिन्न राज्यमा कोरोनाभाइरसको संक्रमण रहेको भन्दै अमेरिकामै यी सामान तत्काल प्राप्त गर्न कठिनाई भएको पनि उनले बताए ।
“हामी सबै एउटै युद्धमा छौं । सबैले भाइरसको प्रसार रोक्ने एकमात्र उद्देश्य राखेका छौं” कुमोले भने । उनले ओरेगन राज्यले पनि न्यूयोर्कका लागि १४० थान भेन्टिलेटर पठाउने वचन दिएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतिपय राज्यलाई तत्काल स्वास्थ्य सामग्री आवश्यक नभए पनि ठूलो संख्यामा माग भइरहेको भन्दै दुःख प्रकट गर्नु भयो । उनले चीनबाट भेन्टिलेटर मगाउन आफूले नै पहिलो प्रयास गरेको जानकारी दिएका छन् । न्यूयोर्कका गभर्नर कुमो र आफूबीच कुनै पनि विषयमा मतान्तर नरहेको पनि राष्ट्रपति ट्रम्पले स्पष्ट पारेका छन् ।
यसैगरी म्यासाचुसेट्स राज्यले पनि चीनबाट दशलाख मास्क ल्याउनुका साथै रसियाले पनि चिकित्सा उपकरण अमेरिका पठाएको छ । यसैबीच, राष्ट्रपति ट्रम्पले एन९५ सुरक्षात्मक मास्क क्यानाडा र अन्य मुलुकमा निकासमा प्रतिबन्ध लगाएका छन् । संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरसबाट संक्रमितको संख्या तीन लाख नाघेको छ भने ८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । मृत्यु भएकामध्ये ३ हजार ५०० न्यूयोर्क राज्यका रहेका छन् ।
चीन र ओरेगन राज्यबाट भेन्टिलेटर उपलब्ध भए पनि न्यूयोर्क राज्यका गभर्नर कुमोले राज्यका निजी स्वास्थ्य संस्थाहरुलाई आफूसँग रहेका भेन्टिलेटरहरु कोरोनाभाइरसका बिरामीका लागि पनि उपलब्ध गराउन आदेश दिएका छन् । राष्ट्रपति ट्रम्पले संघीय सरकारले न्यूयोर्कको जाभिट्स कन्भन्सन सेन्टरमा दुई हजार ५०० शैयाको फिल्ड अस्पताल निर्माण गर्न लागेको र त्यहाँ अमेरिकी सैनिकले सेवा दिने बताएका छन् । सेनाले सञ्चालन गर्नेगरी लुजियाना र डल्लासमा पनि यस्तै अस्पताल बनाइने राष्ट्रपति ट्रम्पले बताए । एपी
News Desk 0 response आइतवार, चैत्र २३, २०७६

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



