

-
फिदिम । लकडाउनका कारण जीविकोपार्जनमा समस्या भएका परिवारलाई राहत दिन पाँचथरमा ‘खाद्य बैंक’ स्थापना गरिएको छ । पाँचथर उद्योग वाणिज्य सङ्घले खाद्य बैंक स्थापना गरेको हो । उद्योगी, व्यवसायी तथा अन्य सहयोगीहरुले स्वेच्छिकरूपमा खाद्य सामग्री तथा रकम जम्मा गर्नसक्ने उक्त खाद्य बैंक सञ्चालनमा आइसकेको छ ।
खाद्य बैंकमा दाताहरुबाट खाद्यवस्तु चामल, दाल, नुन, तेल तथा नगद सङ्कलन गरिने सङ्घका अध्यक्ष दीपक नेपालले बताएका छन् । यसरी सङ्कलित खाद्य सामग्री र नगद सङ्घले जिल्लाका आठ वटै स्थानीय तहलाई समानुपातिकरूपमा उपलब्ध गराउने छ । वितरण भने स्थानीय तह आफैँले गर्नेछन् ।
न्यून आय भएका परिवार तथा असङ्गठित मजदुरलाई प्राथमिकतामा राखी राहत दिन खाद्य बैंक स्थापना गरिएको सङ्घले जनाएको छ । शनिबार साँझसम्म खाद्य बैंकमा पाँच हजार ५०० किलो चामल, १५० किलो नुन, १६० लिटर तेल, १७५ किलो दाल र रु ९१ हजार नगद जम्मा भएको अध्यक्ष नेपालले जानकारी दिएका छन् ।
उद्योगी, व्यवसायीबाट असङ्गठितरूपमा उपलब्ध गराइने राहत प्रभावकारी नहुने तथा वास्तविक पीडितले प्राप्त गर्न नसक्ने भएका कारण सङ्घको मातहतमा खाद्य बैंक स्थापना भएको हो । सरकारले लिएको राहत वितरणका लागि एकद्वार नीतिमा निजी क्षेत्रसमेत सामेल हुन उक्त पहलले सहयोग पुग्ने यहाँको निजी क्षेत्रको विश्वास छ । लकडाउनका कारण प्रभावित भएका विपन्न परिवार तथा दैनिक ज्यालादारी गर्ने मजदुरको यहाँका स्थानीय तहले तथ्याङ्क सङ्कलन गरिरहेका छन् । सङ्कलित तथ्याङ्कका आधारमा प्राथमिकता छुट्याई राहत वितरण गरिने बताइएको छ ।
News Desk 0 response आइतवार, चैत्र २३, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३ -
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३
-
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३ -
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३



