

-
भद्रपुर । लकडाउन’ भएको ११ दिनपछि झापाका चिया बगान आंशिकरुपमा खुलेका छन् । नेपाल चिया उत्पादक सङ्घले व्यक्तिगत सुरक्षा अपनाएर चिया बगान खोल्न सरकारले नै अनुमति दिएको जनाएको छ । झापामा ३० वटा चिया फ्याक्ट्री र सानाठूला गरी ३०० भन्दा बढी चिया बगान रहेका छन् । कोडिभ–१९ सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनसँगै बन्द गरिएका बगानहरु व्यक्तिगत सुरक्षा सामग्री प्रयोग गरेर मजदूरले काम गर्ने गरी आंशिकरुपमा खोलिएको हो ।
नेपाल चिया उत्पादक सङ्घका उपाध्यक्ष आदित्य पराजुलीले चियाको पहिलो मुना बगानमै हुर्किएर काम नलाग्ने भएपछि त्यसलाई काट्ने, स्प्रे गर्ने र पानी पटाउनेलगायतका काम शुरु गरिएको बताएका छन् । “फ्याक्ट्री चलाउँदा सरकारले कायम गरेको सामाजिक दूरीमा बसेर काम गर्न अप्ठ्यारो हुन्छ”, उनले भने, “चिया बगानको काम मास्क, ग्लोब लगाएर गर्न सकिन्छ । त्यही भएर बगान नबिग्रियोस् भनेर अहिले आंशिकरुपमा काम शुरु गरेका छौँ ।” आगामी दिनको अवस्था हेरेर सुरक्षित तवरले मजदूरलाई काम लगाउने सकिने वातावरण भए पूर्णरुपमा चिया बगान र कारखाना खोलिने उनले बताए । नेपाल चिया विकास निगम भाडामा सञ्चालन गरिरहेको साङ्घाई ग्रुपले कन्याम, टोकला, बर्नेलगायतका इलाम र झापामा रहेका बगान र फ्याक्ट्री पूर्णरुपमा खोलिएको जनाएको छ ।
साङ्घाइ ग्रुपका सञ्चालक सुवास साङ्घाइले चिया बगानमा मजदूरलाई हात धुने साबुन पानी, मास्कलगायतका व्यक्तिगत सुरक्षाका सामग्रीको व्यवस्था गरेर काममा लगाइएको बताएका छन् । उनले कोभिड १९ का कारण चिया बगानमा ठूलो क्षति भएको बताउँदै भने, “पत्ती टिप्ने बेलामा भएको थियो, त्यही बेला कोभिडको सङ्क्रमणका कारण सरकारले लकडाउनको घोषणा ग¥यो । मजदूरलाई काममा लगाएर पत्ती टिप्ने अवस्था रहेन, सबै छिप्पिएर जाँदा ठूलो क्षति भयो ।” रासस
News Desk 0 response आइतवार, चैत्र २३, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३ -
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३
-
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३ -
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३



