

-
इस्लामावाद । पाकिस्तानमा शनिवारसम्म कोरोना भाइरसबाट सङ्क्रमितको संख्या २७ सय नाघेको छ । अधिकारीहरुले दिएको पछिल्लो विवरणअनुसार देशभरीमा सङ्क्रमितको संख्या दुई हजार ७०८ पुगेको हो । सङ्क्रमित भएका मध्ये १३ जनाको अवस्था गम्भिर रहेको मन्त्रालयले जनाएको छ ।
केन्द्रिय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणमा मृत्यु हुनेको संख्या ४० पुगेको उल्लेख गरिएको छ । मृतक मध्ये सबैभन्दा धेरै सिन्ध्र प्रान्तका रहेका छन् । सो प्रान्तमा शनिवारसम्म १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।
त्यसैगरी कोरोना भाइरसका कारण पञ्जाव र खैबर पख्तुनख्वामा ११÷११ जनाको मृत्यु भएको छ भने गिल्गित बाल्टिस्तानमा तीन जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बालुचिस्तानमा समेत एक जनाको मृत्यु भएको छ ।
त्यसैगरी सङ्क्रमितको संख्या भने सबैभन्दा धेरै पन्जाव प्रान्तमा देखिएको छ । पन्जावमा कोरोना भाइरसबाट एक हजार ७२ जना सङ्क्रमित भएका छन् ।
मन्त्रालयका अनुसार सिन्ध्र प्रान्तमा ८३९ जना, खैबर पख्तुनख्वामा ३४३ जना, गिल्गित बाल्टिस्तानमा १९३ जना, बालुचिस्तानमा १७५ जना, राजधानी प्रदेश इस्लामावादमा ६८ जना र काश्मिरमा ११ जना कोरोना भाइरसबाट संक्रमित भएका छन ।
सङ्क्रमित भएका मध्ये पछिल्लो २४ घण्टामा २५८ जना निको भएर घर फर्केको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रासस/एएनआई
News Desk 0 response शनिबार, चैत्र २२, २०७६


सम्बन्धित शीर्षकहरु
-
बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा..
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेविरुद्द आज पनि थुनछेक बहस हुँदै
बिहिबार, माघ २४, २०८१ -
संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन्..
बिहिबार, माघ २४, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
बिहिबार, माघ २४, २०८१
-
बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा..
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेविरुद्द आज पनि थुनछेक बहस हुँदै
बिहिबार, माघ २४, २०८१ -
संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन्..
बिहिबार, माघ २४, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
बिहिबार, माघ २४, २०८१
-
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
न्यायपरिषद सदस्यमा दामोदर खड्काको नाम अनुमोदन
आइतवार, माघ २०, २०८१ -
झापाको दमकमा झडप, ८ जना पक्राउ
आइतवार, माघ २०, २०८१ -
निजी क्षेत्रले पनि विमानस्थल निर्माण र सञ्चालन..
सोमवार, माघ २१, २०८१ -
युक्रेनसँग वार्ता सम्भव छ तर जेलेन्स्कीको उपस्थिति..
बुधबार, माघ १६, २०८१