• जेनेभा । प्राणघातक कोरोना भाइरसको सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५९ हजार २०३ पुगेको छ । संसारभरि ११ लाख १७ हजार ८२ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको विश्व स्वास्थ्य सङ्गठनले पछिल्लो विवरण सार्वजनिक गरेकोे छ ।

    कोरोनाभाइरस महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती रहेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सचेत गराएका छन् । यस महामारीले ल्याउने मन्दीको तुलना पछिल्ला कुनै वर्षका नहुने पनि उनले बताएका छन् । गरिबीको रेखामुनि दशौँ लाख व्यक्ति रहने विश्व बैक प्रक्षेपण गरिसकेको छ ।

    कोरोनाभाइरस संक्रमणबाट प्रभाव परेका केही मुलुकको पछिल्लो विवरण
    देश मृतक सङ्क्रमित निको भएका

    इटाली १४ हजार ६८१ १ लाख १९ हजार ८२७ १९ हजार ७५८
    स्पेन ११ हजार १९८ १ लाख १९ हजार १९९ १३ हजार ५१३
    अमेरिका ७ हजार ४०२ २ लाख ७७ हजार ४७५ १२ हजार २८३
    जर्मनी १ हजार २७५ ९१ हजार १५९ २४ हजार ५७५
    फ्रान्स ६ हजार ५०७ ८२ हजार १६५ १४ हजार ८
    चीन ३ हजार ३२६ ८१ हजार ६३९ ७६ हजार ७५५
    इरान ३ हजार २९४ ५३ हजार १८३ १७ हजार ९३५
    बेलायत ३ हजार ६०५ ३८ हजार १६८ १३५
    टर्की ४२५ २० हजार ९२१ ४८४
    स्वट्जरल्याल्ड ५९१ १९ हजार ६०६ ४ हजार ८४६
    बेल्जियम १ हजार १४३ १६ हजार ७७० २ हजार ८७२
    नेदरल्यान्ड्स १ हजार ४८७ १५ हजार ७२३ २५०
    क्यानाडा २०८ १२ हजार ५४९ २ हजार १८६
    अष्ट्रिया १६८ ११ हजार ५२४ २ हजार २२
    दक्षिण कोरिया १७७ १० हजार १५६ ६ हजार ३२५
    पोर्चुगल २४६ ९ हजार ८८६ ६८
    ब्राजिल ३६५ ९ हजार २१६ १२७
    इजरायल ४० ७ हजार ४२८ ४०३
    स्विडेन ३५८ ६ हजार १३१ २०५
    अष्ट्रेलिया ३० ५ हजार ४५४ ५८५
    नर्वे ५९ ५ हजार ३७० ३२
    आयरल्याण्ड १२० ४ हजार २७३ २५
    रुस ३४ ४ हजार १४९ २८१
    डेनमार्क १३९ ३ हजार ७५७ १ हजार १९३
    जापान ६९ २ हजार ९३५ ५१४
    पाकिस्तान ४० २ हजार ७०८ १३०
    साउदी अरेबिया २५ २ हजार ३९ ३५१
    यूएई ९ १ हजार २६४ १०८
    कतार ३ १ हजार ७५ ९३

    एजेन्सी