

-

जेनेभा । कोविड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५३ हजार २३८ पुगेको छ । पछिल्लो विवरणअनुसार संसारभरि १० लाख १६ हजार ३३० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे छ ।
कोरोनाभाइरस महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती रहेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सचेत गराएका छन् । यस महामारीले ल्याउने मन्दीको तुलना पछिल्ला कुनै वर्षका नहुने पनि उनले बताएका छन् । गरिबीको रेखामुनि दशौँ लाख व्यक्ति रहने विश्व बैँक प्रक्षेपण गरेको छ ।
कोरोनाभाइरस संक्रमणबाट सर्वाधिक प्रभाव परेका १० मुलुकको पछिल्लो विवरण
इटालीमा १ लाख १५ हजार २४२ कुल सङ्क्रमित भएका छन् भने, तेह्र हजार ९१५ को मृत्यु भएको छ । यसैबीच १८ हजार २७८ निको भएर फर्किएका छन् ।स्पेनमा १ लाख १२ हजार ६५ कुल सङ्क्रमित भएका छन् भने, दश हजार ३४८ को मृत्यु भएको छ । यसैबीच २६ हजार ७४३ निको भएर फर्किएका छन् ।
संयुक्तराज्य अमेरिकामा २ लाख ४५ हजार ३७३ कुल सङ्क्रमित भएका छन् भने, ६ हजार ९५ को मृत्यु भएको छ । यसैबीच १० हजार ४०३ निको भएर फर्किएका छन् ।
फ्रान्समा ५९ हजार १०५ कुल सङ्क्रमित भएका छन् भने, पाँच हजार ३८७ को मृत्यु भएको छ । यसैबीच १२ हजार ४२८ निको भएर फर्किएका छन् ।
चीनमा ८१ हजार ६२० कुल सङ्क्रमित भएका छन् भने, तीन हजार ३२२ को मृत्यु भएको छ । यसैबीच ७६ हजार ५७१ निको भएर फर्किएका छन् ।
इरानमा ५० हजार ४६८ कुल सङ्क्रमित भएका छन् भने, तीन हजार १६० को मृत्यु भएको छ । यसैबीच १६ हजार ७११ निको भएर फर्किएका छन् ।
बेलायतमा ३३ हजार ७१८ कुल सङ्क्रमित भएका छन् भने, दुई हजार ९२१ को मृत्यु भएको छ । यसैबीच १३५ निको भएर फर्किएका छन् ।
नेदरल्यान्ड्समा १४ हजार ६९७ कुल सङ्क्रमित भएका छन् भने, एक हजार ३३९ को मृत्यु भएको छ । यसैबीच २५० जना निको भएर फर्किएका छन् ।
जर्मनीमा ८४ हजार ७९४ कुल सङ्क्रमित भएका छन् भने, एक हजार १०७ को मृत्यु भएको छ । यसैबीच २२ हजार ४४० निको भएर फर्किएका छन् ।
बेल्जियममा १५ हजार ३४८ कुल सङ्क्रमित भएका छन् भने, एक हजार ११ को मृत्यु भएको छ । यसैबीच २ हजार ४९५ निको भएर फर्किएका छन् । एपी
News Desk 0 response शुक्रबार, चैत्र २१, २०७६

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



