

-
काठमाडौैँ । कोभिड–१९ का कारण देशभर खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना भइरहेको उपभोक्ताको गुनासो आइरहँदा तीन दिनमा ८७ हजार सिलिण्डर ग्यास बिक्री भएको छ ।
निगमका अनुसार तीन दिनको अवधिमा ग्यास उद्योगीले निगमलाई उपलब्ध गराएको तथ्यांकानुसार शुक्रबार, शनिबार र आइतबार ८७ हजार ६ सय ३० सिलिण्डर बिक्री भएको छ । आइतबार अपराह्न १ बजेसम्म उपभोक्तालाई भरी सिलिण्डर अर्थात् १४.२ किलोको दरमा वितरण गरिएको र १ बजेपछि आधा सिलिण्डर वितरण गरिएको थियो ।
शुक्रबार ३३ हजार ६ सय ५८, शनिबार १४ हजार १०८ सिलिन्डर र आइतबार ३९ हजार ८६४ सिलिण्डर ग्यास वितरण गरिएको छ । औसतमा मासिक ३८ हजार टन ग्यास आयात हुँदै आएकामा मार्च महिना (फागुन १८ देखि चैत १५) हालसम्मकै उच्च अर्थात् ४५ हजार टन ग्यास आयात भएको निगमले जनाएको छ ।
निगमले उपभोक्ताले अनावश्यक रुपमा ग्यासको मौज्दात राखेको भन्दै आइतबार अपराह्न १ बजेपछि आधा सिलिण्डर मात्र ग्यास वितरण गर्न उद्योगलाई निर्देशन दिएको छ । निगमको निर्देशनानुसार अपराह्नपछि आधा सिलिण्डर मात्रा वितरण भएको ग्यास बिक्रेता महासंघले जनाएको छ ।
निगमले हजारौंँको संख्यामा ग्यास सिलिन्डर वितरण गरेको जिकिर गरे पनि सर्वसाधारणले भने अझै सहज रूपमा ग्यास पाएका छैनन् ।
News Desk 0 response सोमवार, चैत्र १७, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



