

-
काठमाडौँ । कोभिड–१९ का कारण खाना पकाउने ग्यास अभाव हुने आशङ्कामा उपभोक्ताले ग्यासको अनावश्यक सञ्चिती गरिरहेको अवस्थामा ग्यासको सहज उपलब्धतामा समस्या देखिएको छ । अन्य समयको तुलनामा ग्यासको आयात उल्लेख्य बढाइए पनि बजारमा अझै ग्यासको अभाव सल्टिन सकेको छैन । नेपाल आयल निगमले पछिल्लो महिनामा झण्डै ४५ हजार मेट्रिकटन ग्यास आयात गरिएको जनाएको छ । त्यसअघि उच्च माग भएको अवस्थामा पनि नेपाली बजारमा मासिक ३८ हजार मेट्रिक ग्यासको खपत हुँदै आएको थियो । ग्यासको बढ्दो अभावसँगै सरकारको निर्देशनमा ग्यास उद्योगीले ७।१ किलोग्राम ग्यास तौल भएको सिलिण्डर आजदेखि बजारमा ल्याइसकेका छन् । तर पनि ग्यासको अभाव हट्न सकेको छैन ।
यसैबीच उपत्यकामा धेरै उपभोक्ता रहेको नेपाल ग्यास कम्पनीले अत्यावश्यक अवस्थाका उपभोक्तालाई सोमबारदेखि बालाजुस्थित औद्योगिक क्षेत्रबाट ग्यास वितरण गरिने जनाएको छ । बिहान ९ः३० देखि अपराह्न १ः३० बजेसम्म उद्योग बाहिर औद्योगिक क्षेत्रको गेटबाट ग्यासको बिक्री वितरण गरिने कम्पनीले जनाएको छ ।
ग्यासको माग पूरा गर्न क्षेत्रगत हिसाबमा दैनिकरुपमा ग्यास पठाउने काम गरिरहेको जनाउँदै कम्पनीले अति समस्या भएका ग्राहकको समस्या सम्बोधन गर्न उद्योग बाहिरबाट ग्यास दिन लागिएको प्रष्ट छ । सङ्क्रमणकालीन अवस्थामा ग्यासको माग अधिक भएकाले पूरा गर्न समस्या देखिएको उद्योगले जनाएको छ ।
यसैबीच नेपाल आयल निगमले आजदेखि ७.१ किलोग्राम ग्यास भरिएको सिलिण्डरमात्र बिक्री वितरण गर्न सम्पूर्ण ग्यास बिक्रेतालाई निर्देशन दिएको छ । निगमले उद्योगीसँगको छलफलपछि आधा ग्यास (७.१ किलो) भरिएको सिलिण्डर बजारमा पठाउन निर्देशन दिएको थियो । अब उप्रान्त १४.२ किलो ग्यास भएको सिलिण्डर बिक्री वितरण गरेको पाइएमा सिलिण्डर बिक्रेता तथा डिस्टिब्युटरमाथि कारवाही हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् । पूरा तौल भएको केही सिलिण्डर बिक्रेताले लुकाएको आशङ्का गरिएको छ ।
निगमले पूरा तौल भएको सिलिण्डरको मौज्दात रहेमा सम्बन्धित उद्योगमा फिर्ता गर्न पनि निर्देशन दिएको छ । त्यसैगरी सम्पूर्ण ग्यास बिक्रेता, डिस्टिब्युटरले दैनिक शुरुआती मौज्दात र निजको प्राप्त भएको ग्यासको विवरण सर्वसाधारणले देख्ने गरी बिक्री स्थलमा टाँस्न पनि निगमले निर्देशन दिएको छ । ग्यास वितरणलाई पारदर्शी बनाउन सम्पूर्ण उद्योगीलाई दैनिक ग्यास बिक्री वितरणको योजना निगममा पेश गर्न पनि यसअघि नै निर्देशन दिइसकेको छ । रासस
News Desk 0 response आइतवार, चैत्र १६, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



