-
हेटौँडा । कोरोना भाइरसबाट सुरक्षित रहन हेटौँडाका औद्योगिक क्षेत्रमा रहेका उद्योग बन्द छन् । त्यहाँ कार्यरत करिब पाँच हजार मजदूर रोजगारविहीन भएका छन् । सरकारले लकडाउनको घोषणा गरेपछि उद्योग बन्द हुँदा मजदुर विचल्लीमा परेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौँडाले जनाएको छ ।
औद्योगिक क्षेत्रका कार्यालय प्रमुख राजेन्द्र कँडेलका अनुसार सो औद्योगिक क्षेत्रमा १११ उद्योगमध्ये लकडाउनका कारण आधा दर्जन उद्योगमात्र सञ्चालनमा रहेको बताइएको छ । कच्चापदार्थ तथा मजदूरको समस्या भए पनि अत्यावश्यक वस्तु उत्पादन गर्ने आधा दर्जन उद्योग मात्र सञ्चालनमा रहेका छन् । प्राप्त विवरणअनुसार सञ्चालनमा रहेका उद्योगमा दुग्ध पदार्थ, खानेपानी, बिस्कुट तथा प्लाष्ट्रिक उद्योग सञ्चालनमा छन् । लकडाउनले ती उद्योगमा कार्यरत मजदूर काम गर्न नमान्दा बिहान र साँझ मात्र सञ्चालनमा रहेको प्रमुख कँडेलले बताए ।
उद्योगमा काम गर्ने मजदूर तथा कर्मचारी शरीरको तापक्रम जाँच गरेपछि मात्र प्रवेश दिने गरिएको बताइएको छ । कतिपय मजदूर आ–आफ्नो गृह जिल्ला गएका छन् भने कतिले घर जान नसकेर आफ्नो डेरामा बसेका छन् । यसैबीच बैंकको ऋणबाट सञ्चालनमा परेका उद्योग ठूलो समस्यामा परेको उद्योग सङ्घ हेटौँडाका अध्यक्ष लेखनाथ पोखरेलले गुनासो गरेका छन् । त्यस्तै सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योग पनि बन्द रहेको छ । सरकारको लकडाउनपश्चात् उक्त उद्योगका उत्पादनहरु तथा बिक्रीलगायतका सम्पूर्ण काम बन्द भएको महाप्रबन्धक प्रेमशङ्कर सिंहले बताए ।
News Desk 0 response आइतवार, चैत्र १६, २०७६
सम्बन्धित शीर्षकहरु
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र सापकोटासहित सर्वसम्मत
शुक्रबार, पुस २६, २०८१पेट्रोल र डिजेलको मूल्य बढ्दा हवाई इन्धनको घट्यो
मङ्लबार, पुस १६, २०८१अमेरिकी डलरमा नयाँ रेकर्ड : नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर
आइतवार, पुस १४, २०८१-
‘एचपीभी’ खोपमा १ अर्ब ३० करोड रुपैयाँ..
आइतवार, पुस २८, २०८१ -
चाकु र तरुल मानव शरीरका लागि लाभदायक
आइतवार, पुस २८, २०८१ -
मलद्वारभित्र लुकाएर ल्याएको सुनसहित तीन जना पक्राउ
आइतवार, पुस २८, २०८१ -
काठमाडौंबाट हङकङ उडेका २८ यात्रुलाई ‘फुड पोइजन’,..
आइतवार, पुस २८, २०८१ -
दैलेखमा कृषि विकास अधिकृतको कार्यकक्षमै मृत्यु
आइतवार, पुस २८, २०८१
-
‘एचपीभी’ खोपमा १ अर्ब ३० करोड रुपैयाँ..
आइतवार, पुस २८, २०८१ -
चाकु र तरुल मानव शरीरका लागि लाभदायक
आइतवार, पुस २८, २०८१ -
मलद्वारभित्र लुकाएर ल्याएको सुनसहित तीन जना पक्राउ
आइतवार, पुस २८, २०८१ -
काठमाडौंबाट हङकङ उडेका २८ यात्रुलाई ‘फुड पोइजन’,..
आइतवार, पुस २८, २०८१ -
दैलेखमा कृषि विकास अधिकृतको कार्यकक्षमै मृत्यु
आइतवार, पुस २८, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
मेरो नेतृत्वको सिन्धु युएसए वेलफेर सोसाइटी र..
शनिबार, पुस २०, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१