

-
हेटौँडा । कोरोना भाइरसबाट सुरक्षित रहन हेटौँडाका औद्योगिक क्षेत्रमा रहेका उद्योग बन्द छन् । त्यहाँ कार्यरत करिब पाँच हजार मजदूर रोजगारविहीन भएका छन् । सरकारले लकडाउनको घोषणा गरेपछि उद्योग बन्द हुँदा मजदुर विचल्लीमा परेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौँडाले जनाएको छ ।
औद्योगिक क्षेत्रका कार्यालय प्रमुख राजेन्द्र कँडेलका अनुसार सो औद्योगिक क्षेत्रमा १११ उद्योगमध्ये लकडाउनका कारण आधा दर्जन उद्योगमात्र सञ्चालनमा रहेको बताइएको छ । कच्चापदार्थ तथा मजदूरको समस्या भए पनि अत्यावश्यक वस्तु उत्पादन गर्ने आधा दर्जन उद्योग मात्र सञ्चालनमा रहेका छन् । प्राप्त विवरणअनुसार सञ्चालनमा रहेका उद्योगमा दुग्ध पदार्थ, खानेपानी, बिस्कुट तथा प्लाष्ट्रिक उद्योग सञ्चालनमा छन् । लकडाउनले ती उद्योगमा कार्यरत मजदूर काम गर्न नमान्दा बिहान र साँझ मात्र सञ्चालनमा रहेको प्रमुख कँडेलले बताए ।
उद्योगमा काम गर्ने मजदूर तथा कर्मचारी शरीरको तापक्रम जाँच गरेपछि मात्र प्रवेश दिने गरिएको बताइएको छ । कतिपय मजदूर आ–आफ्नो गृह जिल्ला गएका छन् भने कतिले घर जान नसकेर आफ्नो डेरामा बसेका छन् । यसैबीच बैंकको ऋणबाट सञ्चालनमा परेका उद्योग ठूलो समस्यामा परेको उद्योग सङ्घ हेटौँडाका अध्यक्ष लेखनाथ पोखरेलले गुनासो गरेका छन् । त्यस्तै सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योग पनि बन्द रहेको छ । सरकारको लकडाउनपश्चात् उक्त उद्योगका उत्पादनहरु तथा बिक्रीलगायतका सम्पूर्ण काम बन्द भएको महाप्रबन्धक प्रेमशङ्कर सिंहले बताए ।
News Desk 0 response आइतवार, चैत्र १६, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



