-
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क शहरमा दुई साता लामो “लकडाउन” गर्ने निर्णय बेठिक रहेको बताएका छन् । स्थानीय राजनीतिक नेताहरु र स्थानीयबासीले कोरोनाभाइरसको महामारी अरु बढ्ने चेतावनी दिइरहे पनि राष्ट्रपति ट्रम्पले लकडाउन समस्याको समाधान नरहेको जिकिर गरेका छन् । तर अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले शनिबार नै स्थानीयबासीलाई अत्यावश्यक बाहेक अन्य परिस्थितिमा घरबाहिर ननिस्कन सुझाव दिएको छ ।
राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै भनेका छन्, “न्यूयोर्कमा क्वारेन्टाइनको जरुरत छैन ।” स्थानीयबासीलाई अन्य राज्य र शहरको भ्रमणमा जाँदा वा न्यूयोर्क प्रवेश गर्दा क्वारेन्टाइनमा राख्नु पर्दछ भन्ने चौतर्फी माग गरिए पनि राष्ट्रपति ट्रम्पले यस्तो धारणा नै गलत रहेको दाबी गरेका छन् । राष्ट्रपति ट्रम्पले यसअघि अरु राज्यहरु खासगरी फ्लोरिडा राज्यले चिन्ता व्यक्त गरेपछि आवातजावत खुलै राख्नु पर्ने धारणा अघि सारेका थिए । उनले संवाददाताहरुलाई अति संक्रमण फैलिएको न्यूयोर्क निवासीका कारण छिमेकी राज्य फ्लोरिडामाथि दबाब परेको पनि बताए ।
तर न्यूयोर्कका गभर्नर एन्ड्रु कुमो र न्यूजर्जीका गभर्नर नेड लामोन्टले राष्ट्रपतिको भनाई प्रति तिब्र असन्तोष व्यक्त गरेका छन् । अमेरिकी वित्तीय क्षेत्रमै संकट आउने भन्दै दुबै गभर्नरले मानिसको आवतजावतमा कडाई गर्नु पर्ने बताएका थिए । राष्ट्रपति ट्रम्पले ट्वीटमा भनेका छन्, “ह्वाइट हाउसको कोरोनाभाइरस कार्यदलको सुझाव तथा न्यूयोर्क, न्यूजर्जी र कनेक्टिकट राज्यका गभर्नरसँगको परामर्शपछि मैले सिडिसीलाई कडा ट्राभल एड्भाइजरी जारी गर्न आदेश दिएको छु ।” त्यसलगत्तै सिडिसीले तत्काल लागू हुनेगरी १४ दिनसम्म अतिआवश्यक परेको अवस्थामा बाहेक तीनवटा राज्यमा यात्रा नगर्न र घरभित्रै बस्न तीनै राज्यका स्थानीयबासीलाई आग्रह गरेको छ ।
संयुक्तराज्य अमेरिकामा भेटिएका कूल संक्रमित व्यक्तिहरु एक लाख २४ हजारमध्ये न्यूयोर्कमा मात्र ५३ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । न्यूयोर्कमा शनिबार मात्र १५५ जनाको मृत्यु भएको छ, र यो सहित न्यूयोर्कमा कूल मृतकको संख्या ६७२ जना पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसका कारण अमेरिकामा २ हजार १८५ जनाको मृत्यु भइसकेको छ । छिमेकी राज्य न्यूजर्जीमा ११ हजार १०० भन्दा बढी संक्रमित व्यक्ति भेटिएका छन् । एएफपी
News Desk 0 response आइतवार, चैत्र १६, २०७६
सम्बन्धित शीर्षकहरु
इजरायली जेलबाट ९० प्यालेस्टाइनी कैदी रिहा
सोमवार, माघ ७, २०८१अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आज पदभार ग्रहण गर्दै
सोमवार, माघ ७, २०८१गाजामा भएको युद्धविरामको पहिलो चरण आजदेखि लागू हुँदै
आइतवार, माघ ६, २०८१-
पेस्तोलसहित भारतीय नागरिक पक्राउ
सोमवार, माघ ७, २०८१ -
विपिन सकुशल घर फर्किने आशामा परिवार
सोमवार, माघ ७, २०८१ -
इजरायली जेलबाट ९० प्यालेस्टाइनी कैदी रिहा
सोमवार, माघ ७, २०८१ -
अमेरिकी डलरको भाउ स्थिर, अरु विदेशी मुद्राको..
सोमवार, माघ ७, २०८१ -
कर्णालीका हिमाली भेगमा हिउँ पर्ने सम्भावना, तराई..
सोमवार, माघ ७, २०८१
-
पेस्तोलसहित भारतीय नागरिक पक्राउ
सोमवार, माघ ७, २०८१ -
विपिन सकुशल घर फर्किने आशामा परिवार
सोमवार, माघ ७, २०८१ -
अमेरिकी डलरको भाउ स्थिर, अरु विदेशी मुद्राको..
सोमवार, माघ ७, २०८१ -
कर्णालीका हिमाली भेगमा हिउँ पर्ने सम्भावना, तराई..
सोमवार, माघ ७, २०८१ -
अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आज पदभार ग्रहण..
सोमवार, माघ ७, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१