

-
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले रगतको अभाव हुन नदिन नियमित रक्तदाता (स्वयसेवी) लाई तम्तयारी रहन भनेको छ । अहिले लकडाउनका कारण रगतको खासै माग नभए पनि रेडक्रसले उपत्यकामा रहेका नियमित रक्तदाता स्वयम्सेवीलाई तम्तयारी रहन भनेको हो । रेडक्रसमा रगत मौज्दात नभएकाले कमी हुन नदिन विभिन्न रगत समूहका आफ्ना नियमित स्वयम्सेवीलाई तयारी अवस्थामा राखेको रेडक्रसका सूचना तथा सञ्चार शाखाका निर्देशक दिव्यराज पौडेलले जानकारी दिएका छन् । “हाम्रा धेरैजसो नियमित रक्तदाता भनेका विद्यार्थी हुन् । उनीहरु अहिले घर गएका छन्”, उनले भने, “कुनै रगतको समस्या नहोस् भनेर अहिले उपत्यकामा रहेका रक्तदातालाई सम्पर्क गरेर तयारी अवस्थामा बस्न भनेको छौँ ।” रक्तसञ्चार सेवा केन्द्रसँग अहिले २५ हजार नियमित रक्तदाता रहेका छन् ।
लकडाउनका कारण अहिले विभिन्न सङ्घसंस्थाले गर्दै आएको रगत सङ्कलनसमेत रोकिएको छ । रेडक्रसमा दैनिक २०० देखि ३०० युनिट रगत सङ्कलन गरेर मौज्दात हुने गरेको थियो तर अहिले लकडाउनका कारण २० युनिट मात्रमा रहेको छ । उनका अनुसार चैत ११ गते २४ युनिट, १२ गते १२ युनिट, १३ गते २० युनिट र १४ गते ४१ युनिट सङ्कलन र चैत ११ गते ६२ युनिट १२ गते ४३ युनिट, १३ गते ५३ युनिट र १४ गते ५९ युनिट वितरण गरिएको छ ।
यसैगरी शुक्रबार भक्तपुरमा ३० युनिट सङ्कलन भएकामा ३० युनिट वितरण र ललितपुरमा ११ युनिट सङ्कलन भएकामा १४ युनिट वितरण गरिएको छ । रेडक्रसले प्रसूति गृह, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बालअस्पताल, पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान अस्पताललगायत ठूला अस्पतालमा रक्तसञ्चार एकाइ रहेकाले आफैँ बिरामीलाई चाहिँ रगत बिरामीका आफन्तबाट लिइरहेको छ ।
सञ्चार शाखाका निर्देशक पौडेलले बिरामीलाई आफ्नो रगत समूह मिल्ने आफन्तलाई समेत सम्पर्कमा राख्न अनुरोध गरिएको जानकारी दिएका छन् । “सकभर बिरामीलाई आफ्नो रगत समूह कोसँग मिल्छ भनेर आफैँ रक्तदाता खोज्न भनेका छौँ”, उनले भने, “जसले गर्दा रगत अभाव हुँदैन । अहिले सट्टामा नै रगत दिनेलिने गरेका छौँ ।” अहिले नयाँ बिरामी अस्पतालले भर्ना नदिएपछि सुत्केरी, सानो बच्चा र अस्पतालमा भर्ना भएका दीर्घरोगीलाई मात्र रगत खपत भइरहेको छ ।
केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका निर्देशक डा मनिता राजकर्णिकारले दैनिक रगत अभाव हुन नदिनका लागि ठाउँठाउँमा मोबाइल टोलीले गएर रगत सङ्कलनसमेत गरिरहेको जानकारी दिएकी छिन् । उनले रगतको माग धेरै नभएकाले रगत सङ्कलन पनि समूह क्लबले बोलाएको अवस्थामा मात्र गरिएको बताइन् । “टोलटोलबाट युवा क्लब, समूहले बोलाएको बेला गाडीले लिएर सोही ठाउँमा गएर रगत सङ्कलन गरिरहेको छौँ”, “हिजोमात्र करीब ४० युनिट रगत सङ्कलन भयो” उनले भनिन् ।
कोही रक्तदाता आफँँ नै रक्तसञ्चार सेवा केन्द्रमा पुगी रगत दिने गरेका छन् । उनका अनुसार हिजो केन्द्रमा आएर १७ जनाले रगत दिएका थिए र आज पनि लगनखेलतिर गएर रगत सङ्कलन गरिने छ । सञ्चार सेवाले कोभिड–१९ को सङ्क्रमण नहोस् भनेर रक्तदाता सबै परीक्षण गरेर मात्र रगत सङ्कलन गरिएको छ । रासस
News Desk 0 response शनिबार, चैत्र १५, २०७६

सम्बन्धित शीर्षकहरु
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
नेपालको सार्वजनिक प्रशासनिक संयन्त्र
बिहिबार, बैशाख ३१, २०८३ -
ट्रेड युनियनको खारेजीदेखि सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने..
सोमवार, बैशाख २८, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३ -
काठमाडौंमा भूकम्पको धक्का
बुधबार, बैशाख ३०, २०८३



