

-
लहान । कोभिड –१९ को सम्भावित जोखिम हुन नदिन सरकारले देशभर लकडाउन गरेको मौका छोपी बजारमा खाद्य सामग्री तथा ग्यासको कृत्रिम अभाव सिर्जना गर्न खोज्ने व्यवसायिलाई सचेत गराइएको छ । खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय राजविराजको अगुवाइमा जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि तथा सञ्चारकर्मी लगायतको संयुक्त अनुगमन टोलीले राजविराजस्थित विभिन्न किराना, तरकारी र ग्यास बिक्रेता पसलमा अनुगमन गरी व्यवसायिलाई पहिलो पटकको लागि सचेत गराएको हो ।
अनुगमनका क्रममा केही किराना पसलले समान लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने गरेको, कतिपयले मूल्य बढाएर बिक्री गरिरहेको, अधिकांश तरकारी पसलले बढी मुल्यमा बेचिरहेको पाइएकोले सबैलाई पहिलो पटकका लागि सचेत गराएको खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालयका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिएका छन् ।
यस्तै राजविराजस्थित कोशी, मनोज, प्रिमा ग्यास लगायतको ग्यासका बिक्रेताको गोदाममा अनुगमन गरी सहज तरिकाले सुपथ मूल्यमा ग्यास बिक्री बितरण गर्न सचेत गराएको उनले बताए । पहिलो पटक सचेत गराएपनि अब यस्तो गल्ति गरिए कानुन बमोजिम कारवाही गरिने प्रमुख सिंहले जानकारी दिएका छन् । राजविराजस्थित राजरंगशालामा सामाजिक दुरी (सोसल डिस्टेन्स) कायम गरी आज विहानबाट तरकारी बिक्रीवितरण गर्न शुरुआत गरिएको छ । जिल्ला सुरक्षा समिति र सवपक्षीय बैठकले फराकिलो ठाउँ भएकोले रंगशालामा सोसल डिस्टेन्स कायम गरि विहान ६ बजेदेखि ८ बजेसम्म तरकारी बिक्रीवितरण गर्न शुरु गरिएको हो । रासस
News Desk 0 response शनिबार, चैत्र १५, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



