

-
लहान । कोभिड १९ का कारण लकडाउनको मार खेपिरहेका आफ्ना ग्राहककका लागि एनआइसी एशिया बैंक लिमिटेडले प्रदेश २ का विभिन्न जिल्लामा ग्राहक सहायता केन्द्र सञ्चालन गरेको छ । टेलिफोनबाटै ग्राहकको गुनासो सुन्ने र सम्बोधन गर्ने गरी प्रदेश २ का आठै जिल्लामा ग्राहक सहायता केन्द्र सञ्चालनमा ल्याइएको बैंकका उपप्रादेशिक कार्यालय लहानका प्रमुख जीतेन्द्रकुमार साहले जानकारी दिए । बैंकले प्रदेश राजधानी जनकपुरसहित पर्साको वीरगञ्ज, सर्लाहीको हरिवन, रौतहटको चन्द्रनिगाहपुर र सिरहाको लहानमा ग्राहक सहायता केन्द्र सञ्चालन गरेको छ ।
उक्त ग्राहक सेवा केन्द्रअन्तर्गत प्रदेश कार्यालयमा बैंकका प्रदेश प्रमुख प्रकाशचन्द्र अधिकारी, सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी, मनुप्रसाद शर्मा र गोपालप्रसाद सुवेदीलाई सम्पर्क व्यक्ति तोकिएको छ । यस्तै वीरगञ्जस्थित सहायता केन्द्रका लागि पूजा खेतान र अमृत राणा तथा चन्द्रनिगाहपुर सहायक केन्द्रका लागि विशाल शर्मा र रवि थापालाई सम्पर्क व्यक्ति तोकिएको छ ।
हरिवन सहायता केन्द्रका लागि सुनित श्रेष्ठ र सुमन सिंहलाई जिम्मेवारी दिइएको छ भने जनकपुरका लागि उत्सुक श्रेष्ठ र ईश्वर अचार्यलाई जिम्मेवारी दिइएको छ । त्यस्तै लहानस्थित सहायता केन्द्रका जिम्मेवारी मुकेशकुमार साह र प्रदीपकुमार साहलाई दिइएको प्रमुख साहले बताएका छन् ।
News Desk 0 response शनिबार, चैत्र १५, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



