

-
जनकपुरधाम । लकडाउनको अवधिमा बढी मूल्यमा दैनिक उपभोग्यका सामानलगायत बिक्री गर्ने ११ जनालाई धनुषा प्रहरीले पक्राउ गरी कारवाही शुरु गरेको छ । पक्राउमा पर्नेहरुले बजारमा तोकिएको मूल्यभन्दा बढी मूल्यमा प्याज, आलु, खाना पकाउने ग्यास र रिजार्ज कार्ड बिक्री गर्ने गरिएको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
उनीहरूले प्रतिकिलो रु ४५ मा पाइने आलु प्याज रु ८० मा, प्रति रु एक हजार ३५० मा पाइने खाना पकाउने ग्यास रु एक हजार ७०० मा र रु ५० को रिचार्ज कार्ड रु ६० मा बिक्री गरिरहेको समयमा जनकपुरका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको हो ।
विगत केही दिनदेखि जनकपुरधाममा हरियो तरकारीको पनि मूल्यमा अप्रत्याशितरूपमा वृद्धि भएको छ । काउली प्रतिकिलो रु ५०, हरियो खुर्सानी प्रतिकिलो रु २४० र सोही अनुपातमा अन्य तरकारीको पनि मूल्यमा वृद्धि भएको उपभोक्ता पशुपतिनाथ झाले जानकारी दिए । रासस
News Desk 0 response शुक्रबार, चैत्र १४, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



