

-
जनकपुरधाम । लकडाउनको अवधिमा बढी मूल्यमा दैनिक उपभोग्यका सामानलगायत बिक्री गर्ने ११ जनालाई धनुषा प्रहरीले पक्राउ गरी कारवाही शुरु गरेको छ । पक्राउमा पर्नेहरुले बजारमा तोकिएको मूल्यभन्दा बढी मूल्यमा प्याज, आलु, खाना पकाउने ग्यास र रिजार्ज कार्ड बिक्री गर्ने गरिएको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
उनीहरूले प्रतिकिलो रु ४५ मा पाइने आलु प्याज रु ८० मा, प्रति रु एक हजार ३५० मा पाइने खाना पकाउने ग्यास रु एक हजार ७०० मा र रु ५० को रिचार्ज कार्ड रु ६० मा बिक्री गरिरहेको समयमा जनकपुरका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको हो ।
विगत केही दिनदेखि जनकपुरधाममा हरियो तरकारीको पनि मूल्यमा अप्रत्याशितरूपमा वृद्धि भएको छ । काउली प्रतिकिलो रु ५०, हरियो खुर्सानी प्रतिकिलो रु २४० र सोही अनुपातमा अन्य तरकारीको पनि मूल्यमा वृद्धि भएको उपभोक्ता पशुपतिनाथ झाले जानकारी दिए । रासस
News Desk 0 response शुक्रबार, चैत्र १४, २०७६


सम्बन्धित शीर्षकहरु
-
प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त
सोमवार, चैत्र ३, २०८१ -
गणतन्त्र उल्ट्याउने कुनै पनि प्रयास सफल हुन..
सोमवार, चैत्र ३, २०८१ -
धनुषामा गोली चल्यो, एक जना घाइते
सोमवार, चैत्र ३, २०८१ -
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा, यस बर्ष..
सोमवार, चैत्र ३, २०८१ -
अमेरिकाद्वारा भेनेजुएलाका आपराधिक गिरोह सदस्यहरूलाई देश निकाला
सोमवार, चैत्र ३, २०८१
-
प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त
सोमवार, चैत्र ३, २०८१ -
गणतन्त्र उल्ट्याउने कुनै पनि प्रयास सफल हुन..
सोमवार, चैत्र ३, २०८१ -
धनुषामा गोली चल्यो, एक जना घाइते
सोमवार, चैत्र ३, २०८१ -
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा, यस बर्ष..
सोमवार, चैत्र ३, २०८१ -
स्ववियु चुनाव शान्तिपूर्ण रुपमा गराउन शिक्षा मन्त्रालयको..
सोमवार, चैत्र ३, २०८१
-
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१ -
सडकमा फोहोर गरेको र क्षति पुर्याएको भन्दै..
सोमवार, फाल्गुन २६, २०८१ -
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
बुधबार, फाल्गुन २८, २०८१