

-
भद्रपुर । कोडिभ–१९ का कारण सरकारले घोषणा गरेको लकडाउनलाई पूर्णपालना गरेर घरमा बस्नेहरुलाई झापाको अर्जुनधाराको मामा–भाञ्जा सिर्जनशील कृषि फार्मले घरघरैमा ताजा तरकारी पु¥याउने व्यवस्था गरेको छ । अर्जुनधारा ५, ८, ११ र मेचीनगर १३ मा २० बिघा जमिनमा सो कृषिफार्मले काक्रा, करेला, बोडी, बैगुन, टमाटरलगायतका तरकारी खेती गरेको छ । फार्मबाट उत्पादित ताजा तरकारी प्याकेजिङ गरेर स्थानीयको मागअनुसार घरमै पु¥याउन थालेको फार्मका सञ्चालक निर्मल अधिकारीले बताएका छन् ।
उनले जिल्ला प्रशासन कार्यालयबाट सवारी अनुमति (पास) लिएको गाडीमा तरकारी राखेर आजदेखि घरघरै पु¥याउन थालिएको र तरकारीको मूल्य प्रचलित बजारभाउभन्दा सस्तो रहेको जानकारी दिएका छन् । “कोभिड–१९ को सङ्क्रमणको जोखिमको ख्याल नगरी सर्वसाधारणहरु तरकारी पसलमा भीड लागेको देखेर सङ्कटको बेला सहयोग गर्ने उद्देश्यले आफूहरुले घरघरमा तरकारी डेलिभरी सेवाको व्यवस्था गरेका हौँ” उनले भने ।
उनका अनुसार काक्राको मूल्य प्रतिकेजी रु ५०, टमाटरको रु ५०, बैगुनको रु ५०, बोडी र करेलाको मूल्य भने प्रतिकेजी रु २०० कायम गरिएको छ । कृषि ज्ञान केन्द्र इलामका प्रमुख शालिकराम भट्टराईले घरघरमा तरकारी पु¥याउने कार्य अहिलेको अवस्थामा अति आवश्यकीय र सुरक्षित भएको सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् । फार्म सञ्चालकहरुले आफ्नो फोन नम्बर सामाजिक सञ्जालमार्फत सम्पर्कका लागि सार्वजनिक गरेपछि प्रशस्त माग आइरहेको अधिकारीले बताए ।
“पहिलो प्राथमिकता अर्जुनधारा नगरभित्रकाका लागि हो”, उनले भने, “अन्य छिमेकी नगरबाट समेत फोन आइरहेको छ । उनीहरुलाई पनि यस्तो सङ्कटका बेला सेवाचाहिँ दिने हो कि भन्ने सोच बनाइरहेका छौँ ।” स्थानीय पत्रकार दिपीन राईले बजारको भीडभाडमा जाने अवस्था नरहेको अवस्थामा घरघरैमा बजार मूल्यमै ताजा तरकारी पुर्याएर सेवा दिने अभियानलाई स्थानीय सरकारहरुले प्रोत्साहित गर्नुपर्ने बताए । रासस
News Desk 0 response शुक्रबार, चैत्र १४, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



