

-
म्याग्दी । कोराना भाइरसको त्रासका कारण म्याग्दीमा जलविद्युत्लगायत विकास आयोजना निर्माण ठप्प भएका छन् । भाइरस भित्रन नदिन र रोकथामका लागि सरकारले गरेको लकडाउन तथा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञापछि २७८.५ मेगावाट क्षमताका छ आयोजना निर्माण रोकिएका हुन् । लकडाउन र निषेधाज्ञापछि आयोजना रोकिँदा हजारौँ मजदुर प्रभावित भएका छन् ।
अन्नपूर्ण गाउँपालिकाको दानामा २२० केभी क्षमताको सवस्टेशन र प्रसारण लाइन निर्माणाधीन छ । नारच्याङस्थित ११० मेगावाट क्षमताको निलगिरि र निलगिरि क्यासकेट, ४२ मेगावाटको मिस्त्री, १४ मेगावाटको घारखोला जलविद्युत् आयोजनाको निर्माण रोकिएको प्रवद्र्धकले जनाएका छन् ।
रघुगङ्गा गाउँपालिकामा ४० मेगावाट क्षमताको राहुघाट र ३७।५ मेगावाटको राहुघाट मङ्गले जलविद्युत् आयोजना निर्माणाधीन छन् । मालिका गाउँपालिकामा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजना, डाँडाखेत र रातोढुङ्गा सवस्टेशन निर्माणाधीन छन् । ४०० भन्दा बढी मजदुरलाई विभिन्न क्याम्पमा सुरक्षित साथ राखिएको निलगिरि हाइड्रोका इञ्जीनियर केशव वाग्लेले बताए । मिस्त्रीखोला जलविद्युत् आयोजनाका इञ्जीनियर दिवाकर खड्काका अनुसार ३०० भन्दा बढी मजदुर, प्राविधिक पनि काम रोकेर एकान्तवास बसेका छन् ।
निर्माणको अन्तिम चरणमा पुगेको मिस्त्रीखोला वैशाखभित्र परीक्षण उत्पादन गर्ने तयारी थियो । घारखोलाको प्रवद्र्धक म्याग्दी हाइड्रोपावरका प्रकाशचन्द्र पौडेलले ३०० भन्दा बढी मजदुर क्याम्पमा बसेको बताए । रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले लकडाउन घोषणालगत्तै आयोजनाको काम रोकिएको बताए । भारतीय ठेकेदार कम्पनी जेपी एसोसिएट्सका ४०० भन्दा बढी मजदुरलाई क्याम्पमा राखिएको छ ।
सतर्कता अपनाएर क्याम्पबाट बाहिर ननिस्कन निर्देशन दिइएको छ । बेनी–जोमसोम, पोखरेबगर–घार, बेनी–दरवाङ, रत्नेचौर–बेनी सडक आयोजनाको काम पनि ठप्प भएको निर्माण व्यवसायी सङ्घका अध्यक्ष नारायण जिसीले बताएका छन् । कोरोनाको त्रासले जलविद्युत्लगायत पूर्वाधार आयोजनाको कार्यतालिका प्रभावित भएको छ । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले खाद्यान्न र ग्यासको अभाव नभएको बताएका छन् । रासस
News Desk 0 response शुक्रबार, चैत्र १४, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



