

-
कठमाडौँ । राजधानीका गाईवस्तु व्यवसायीलाई दानाको अभाव भएको छ । सरकारले कोरोना भाइरसका कारण मुलुकभर एक साताका लागि ‘लकडाउन’ गरेपछि दानाको अभाव भएको हो । पराल, भुसा र दाना सहजरूपमा आपूर्ति नभएपछि गाईवस्तुलाई खुवाउने खुराकको अभाव भएको हो । नागार्जुन नगरपालिका–६ स्युचाटारमा मुखिया कृषि फार्म सञ्चालन गर्दै आएकी नम्रता राउत कहाँ बुधबार नै पराल सकिएको छ । पराल काटेर बनाएको भुसा लकडाउन हुनुअघि एक बोरा रु ४५० मा पाइन्थ्यो । अहिले रु ६०० मा पनि पाउन छाडेको छ । केहीले एक बोरा भुसा रु एक हजारमा समेत किन्ने गरेका छन्, त्यो पनि पाईदैन ।
“बुधबार छ बोरा भुसा ल्याएकी थिएँ, आजै सकिने अवस्था छ, अब गाईलाई के खुवाउने ?”, राउतले पीडा सुनाइन् । उनको फार्ममा २५ गाई छन् । गाई कसरी बचाउने भन्ने चिन्ताले राउतलाई सताएको छ । यस्तै काठमाडौँ महानगरपालिका–२९ अनामनगरमा २१ गाई पालिरहेका भोजराज कार्कीको पनि राउतको जस्तै अवस्था भएको छ । बालाजु औद्योगिक क्षेत्रबाट ल्याउने गरिएको दाना तीन दिनदेखि बन्दका कारण ल्याउन नसकिएको उनले बताए । “तराईबाट पराल समेत ल्याउन नसक्दा अब के गर्ने भन्ने पिरलो भएको छ”, कार्कीले भने । दानाको अभाव भएपछि उनले राजधानीका विभन्न तरकारी बजारबाट बासी तरकारी किनेर खुवाउने गरेको कार्कीले बताए ।
“अहिले तरकारी बजार सबै बन्द छन् । गाईलाई खुवाउने जोहो गर्न अब कुनै विकल्प छैन”, उनले भने । कार्कीको फार्ममा अनामनगर, घट्टेकुलो, बानेश्वरलगायत ठाउँबाट सर्वसाधारण दैनिक बिहान र बेलुका दूध किन्न आउने गरेका थिए । ती सबै अब आउन छाडेको कार्कीले बताए ।यसैगरी चाङ्गुनारायण नगरपालिका–९ सरस्वतीखेलमा ‘हाम्रो डेरी तथा कृषि फार्म हाउस’ चलाउँदै आएका दीपक बुढाथोकी दाना र भुसाको मूल्य अत्यधिक वृद्धि भएपछि गाईपालन गर्न समस्या भएको बताए । यो समस्या उनको मात्र होइन, राजधानीका तीनवटै जिल्लामा रहेका सयौँ गाई, बाख्रा र र्भैँसी फार्म सञ्चालकको हो ।
लकडाउनका कारण दाना आपूर्ति गर्न असहज भएपछि गाईवस्तु बचाउन उनीहरुलाई समस्या भएको छ । बुधबार सरकारले कुखुराको दाना बोक्ने सवारीसाधनलाई निर्वाध रुपमा चलाउन दिने निर्णय गरेको थियो । यस्तै व्यवस्था आफूहरुको हकमा पनि गर्नुपर्ने गाई, भैँसी र बाख्रापालन गर्ने किसान तथा व्यवसायीको माग छ । कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले नीतिगतरूपमा गाईवस्तुका लागि दाना ढुवानी गर्न समस्या नभएको बताए । “दाना ढुवानी गर्न सरकारले छुट दिएको छ, रोकेको छैन”, उनले भने । दानाबाहेक पराल, घाँस, भुसालगायत वस्तु ढुवानीका लागि सवारी साधनलाई सञ्चालन गर्न छुट दिने विषयमा स्थानीय प्रशासनका तर्फबाट केही समस्या आएको सुन्नमा आएको र यसबारे गृह मन्त्रालयसित छलफल गरिने उनले बताए । रासस
News Desk 0 response बिहिबार, चैत्र १३, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



