

-
बलेवा । कोभिड–१९ को त्रास फैलिएसँगै बाग्लुङका दुग्ध उत्पादक सहकारीले उत्पादन गर्दै आएको दूध बजार पठाउने काम ठप्प भएको छ । जिल्लाको दक्षिणमा रहेका पाँच दुग्ध उत्पादक सहकारीले दैनिक उत्पादन गर्दै आएको एक हजार पाँच सय लिटर दूध किसानकै घरमा रोकिएको हो ।
नेपाल सरकारले मुलुक नै लकडाउन घोषणा गरेसँगै दूधको ढुवानी रोकिएको हो । सवारी साधनमार्फत ढुवानी गरी सदरमुकाम बाग्लुङ बजार र पर्वतको सदरमुकाम कुश्मा बजारमा बिक्री हुँदै आएको दूध किसानकै घरमा रोकिएको कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्था बागलुङ नगरपालिका–१२ अमलाचौरका सचिव रुद्रनाथ शर्माले बताउनुभयो । अमलाचौरका कालीगण्डकी र नवनमूना, बाग्लुङ–१४ को नारायणस्थान तथा जैमिनी नगरपालिकाका पल्लोपाखा र जैमिनी दुग्ध उत्पादक सहकारी संस्थाले दूध उत्पादन गर्दै आएका थिए ।‘कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि सवारी चालकहरु पनि डराए’, शर्माले भन्नुभयो, ‘हामीले पनि गर्नैपर्छ भन्न सकेनौंँ ।’ त्रास कम हुने समयसम्म किसानलाई घरमै खुवा (कुराउनी), पनिरलगायत उत्पादन गर्न भनिएको उहाँले बताउनुभयो । दूध उत्पादन गर्दै आएका किसानले भने गाईभैँसीलाई नै दूध खुवाउनुपर्ने अवस्था आएको बताएका छन् ।
पल्लोपाखा, नवनमुना, नारायणस्थान र कालीगण्डकीले एकमुष्ट दूध सङ्कलन गरेर बिक्री गर्दै आएका थिए भने जैमिनीले अलग्गै बजार पठाउने गरेको थियो । चार सहकारीले प्रत्येक दिन उत्पादन गरेको एक हजार लिटर दूध र जैमिनीले उत्पादन गर्ने पाँच सय लिटर दूध गाउँमै रोकिएको हो । दूध रोकिएसँगै किसानले दाना चापटको प्रबन्ध गर्न समेत कठिन हुने बताएका छन् । ‘दूध बिक्री हुन्थ्यो र पो दाना खुवाउन सकिन्थ्यो’, किसान क्षमकला शर्माले भन्नुभयो, ‘दूध नबिक्दा न त दाना किन्ने स्रोत हुन्छ, न दाना ल्याउने सवारी साधन नै चलेका छन् ।’
व्यावसायिक रुपमा दूधको उत्पादन थालेका किसानलाई ऋणको किस्ता तिर्नसमेत कठिन हुने उनीहरुको गुनासो छ । ‘ऋण खोजी गाई किनेर पालिएको छ, दूध बिके किस्ता तिर्ने स्रोत बन्छ’, अर्का किसान हेमराज शर्मा भन्नुहुन्छ, ‘गाईभैँसीलाई खुवाइएको दूधबाट के प्रतिफलको आश गर्नू ?’ अत्यावश्यक वस्तु भएकाले आवश्यक सुरक्षाको प्रबन्ध गरेर दूध ढुवानी रोक्न नहुने उहाँको भनाइ छ । रासस
News Desk 0 response बिहिबार, चैत्र १३, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



