-
बलेवा । कोभिड–१९ को त्रास फैलिएसँगै बाग्लुङका दुग्ध उत्पादक सहकारीले उत्पादन गर्दै आएको दूध बजार पठाउने काम ठप्प भएको छ । जिल्लाको दक्षिणमा रहेका पाँच दुग्ध उत्पादक सहकारीले दैनिक उत्पादन गर्दै आएको एक हजार पाँच सय लिटर दूध किसानकै घरमा रोकिएको हो ।
नेपाल सरकारले मुलुक नै लकडाउन घोषणा गरेसँगै दूधको ढुवानी रोकिएको हो । सवारी साधनमार्फत ढुवानी गरी सदरमुकाम बाग्लुङ बजार र पर्वतको सदरमुकाम कुश्मा बजारमा बिक्री हुँदै आएको दूध किसानकै घरमा रोकिएको कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्था बागलुङ नगरपालिका–१२ अमलाचौरका सचिव रुद्रनाथ शर्माले बताउनुभयो । अमलाचौरका कालीगण्डकी र नवनमूना, बाग्लुङ–१४ को नारायणस्थान तथा जैमिनी नगरपालिकाका पल्लोपाखा र जैमिनी दुग्ध उत्पादक सहकारी संस्थाले दूध उत्पादन गर्दै आएका थिए ।‘कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि सवारी चालकहरु पनि डराए’, शर्माले भन्नुभयो, ‘हामीले पनि गर्नैपर्छ भन्न सकेनौंँ ।’ त्रास कम हुने समयसम्म किसानलाई घरमै खुवा (कुराउनी), पनिरलगायत उत्पादन गर्न भनिएको उहाँले बताउनुभयो । दूध उत्पादन गर्दै आएका किसानले भने गाईभैँसीलाई नै दूध खुवाउनुपर्ने अवस्था आएको बताएका छन् ।
पल्लोपाखा, नवनमुना, नारायणस्थान र कालीगण्डकीले एकमुष्ट दूध सङ्कलन गरेर बिक्री गर्दै आएका थिए भने जैमिनीले अलग्गै बजार पठाउने गरेको थियो । चार सहकारीले प्रत्येक दिन उत्पादन गरेको एक हजार लिटर दूध र जैमिनीले उत्पादन गर्ने पाँच सय लिटर दूध गाउँमै रोकिएको हो । दूध रोकिएसँगै किसानले दाना चापटको प्रबन्ध गर्न समेत कठिन हुने बताएका छन् । ‘दूध बिक्री हुन्थ्यो र पो दाना खुवाउन सकिन्थ्यो’, किसान क्षमकला शर्माले भन्नुभयो, ‘दूध नबिक्दा न त दाना किन्ने स्रोत हुन्छ, न दाना ल्याउने सवारी साधन नै चलेका छन् ।’
व्यावसायिक रुपमा दूधको उत्पादन थालेका किसानलाई ऋणको किस्ता तिर्नसमेत कठिन हुने उनीहरुको गुनासो छ । ‘ऋण खोजी गाई किनेर पालिएको छ, दूध बिके किस्ता तिर्ने स्रोत बन्छ’, अर्का किसान हेमराज शर्मा भन्नुहुन्छ, ‘गाईभैँसीलाई खुवाइएको दूधबाट के प्रतिफलको आश गर्नू ?’ अत्यावश्यक वस्तु भएकाले आवश्यक सुरक्षाको प्रबन्ध गरेर दूध ढुवानी रोक्न नहुने उहाँको भनाइ छ । रासस
News Desk 0 response बिहिबार, चैत्र १३, २०७६
सम्बन्धित शीर्षकहरु
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र सापकोटासहित सर्वसम्मत
शुक्रबार, पुस २६, २०८१पेट्रोल र डिजेलको मूल्य बढ्दा हवाई इन्धनको घट्यो
मङ्लबार, पुस १६, २०८१अमेरिकी डलरमा नयाँ रेकर्ड : नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर
आइतवार, पुस १४, २०८१-
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिद्वारा ४ वटा अध्यादेश जारी
सोमवार, पुस २९, २०८१ -
रवि लामिछानेको थुनछेक बहस आजपनि सकिएन, पर्सिसम्मै..
सोमवार, पुस २९, २०८१
-
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिद्वारा ४ वटा अध्यादेश जारी
सोमवार, पुस २९, २०८१ -
रवि लामिछानेको थुनछेक बहस आजपनि सकिएन, पर्सिसम्मै..
सोमवार, पुस २९, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
मेरो नेतृत्वको सिन्धु युएसए वेलफेर सोसाइटी र..
शनिबार, पुस २०, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१