

-
खाँदबारी । कोरोना भाइरस सङ्क्रमणको त्रासले सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको काम स्थगित भएको छ । विश्वभर फैलिएको कोरोना भाइरस सङ्क्रमण नेपालमा समेत देखापरेपछि सरकारले मङ्गलबारबाट लकडाउन गरेको हो । लकडाउन गरेपछि अरुण तेस्रोको काम स्थगित गरेको जनाएको छ । भारतीय निर्माण कम्पनी सतजलले जलविद्युत् निर्माणको काम मङ्गलबारबाट स्थगित गरेको कम्पनीका सिइओ अरुण धिमानले जानकारी दिए । अरुण तेस्रो परियोजनामा दुई हजार ५०० भन्दा बढी भारतीय र नेपाली कामदार छन् । सतलज कम्पनीले निर्माण मकालु गाउँपालिकामा ड्यामसाइड र चिचिला गाउँपालिकामा विद्युत्गृहको काम गरिरहेको छ । अरुण तेस्रोको काम अहिले ३५ प्रतिशत सम्पन्न गरिसकेको जनाएको छ ।
नौ सय मेगावाटको अरुण तेस्रो आयोजनाको ड्यामसाइड फ्याक्सिदामा भारतीय निमार्ण कम्पनी जय प्रकाश एशोसिएट्स र पावरहाउस रहेको दिदिङमा पटेल इञ्जीनियरिङ कम्पनीले निर्माणकार्यको जिम्मा पाएका छन् । पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको अरुण तेस्रो परियोजना ९०० मेगावट विद्युत् उत्पादन हुने र आयोजना निर्माणका लागि एक खर्ब २० अर्ब खर्च लाग्ने अनुमान गरिएको छ । प्रभावित परिवारलाई आयोजनाले ३० युनिटका दरले निःशुल्क विद्युत् उपलब्ध गराउने सम्झौता भएको छ । यस आयोजनाबाट नेपालले २५ वर्षमा ३४० अर्ब रोयल्टी, निःशुल्क बिजुली, आयकर, भ्याट र भन्सार शुल्क छुटबाट लाभ प्राप्त गर्ने विकास सम्झौता पिडीएमा उल्लेख गरिएको छ ।
News Desk 0 response बिहिबार, चैत्र १३, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



