

-
काठमाडौँ । सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) को अवधिमा खाद्य उत्पादन तथा आपूर्ति नरोकिने जनाएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सूचना जारी गरी लकडाउनको अवधिमा दैनिक जीवनमा आवश्यक पर्ने खाद्यवस्तुको उत्पादन तथा आपूर्ति सञ्चालन राख्न सम्बद्ध पक्षलाई आग्रह गरेको मन्त्रालयका उपसचिव डा गङ्गादत्त आचार्यले जानकारी दिए ।
महामारीको जोखिमबाट बच्न जारी गरिएको लकडाउनको आदेश पालना गर्दै आधारभूत खाद्यवस्तुको उत्पादन तथा आपूर्तिसमेत सञ्चालनमा राख्न मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, “आधारभूत खाद्यान्न, तरकारी, दूध, फलफूल, माछामासु, अण्डा तथा पशुपक्षीको दाना र आहारा, कुखुराका चल्लाको उत्पादन, ढुवानी एवं बिक्री वितरण सञ्चालन रहने जानकारी गराइन्छ ।”
आधारभूत खाद्यवस्तुको उत्पादन र आपूर्तिमा समस्या आए कृषि तथा पशुपक्षी मन्त्रालय र पशु सेवा विभागमा जानकारी गराउन पनि मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले खाद्यवस्तु आपूर्तिमा समस्या भए मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीको मोबाइल नं ९८४१४०१२८७ र पशु सेवा विभागका महानिर्देशक डा वंशी शर्माको मोबाइल नं ९८५१०६७३८७ मा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।
News Desk 0 response बुधबार, चैत्र १२, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



