

-
काठमाडौँ । सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) को अवधिमा खाद्य उत्पादन तथा आपूर्ति नरोकिने जनाएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सूचना जारी गरी लकडाउनको अवधिमा दैनिक जीवनमा आवश्यक पर्ने खाद्यवस्तुको उत्पादन तथा आपूर्ति सञ्चालन राख्न सम्बद्ध पक्षलाई आग्रह गरेको मन्त्रालयका उपसचिव डा गङ्गादत्त आचार्यले जानकारी दिए ।
महामारीको जोखिमबाट बच्न जारी गरिएको लकडाउनको आदेश पालना गर्दै आधारभूत खाद्यवस्तुको उत्पादन तथा आपूर्तिसमेत सञ्चालनमा राख्न मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, “आधारभूत खाद्यान्न, तरकारी, दूध, फलफूल, माछामासु, अण्डा तथा पशुपक्षीको दाना र आहारा, कुखुराका चल्लाको उत्पादन, ढुवानी एवं बिक्री वितरण सञ्चालन रहने जानकारी गराइन्छ ।”
आधारभूत खाद्यवस्तुको उत्पादन र आपूर्तिमा समस्या आए कृषि तथा पशुपक्षी मन्त्रालय र पशु सेवा विभागमा जानकारी गराउन पनि मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले खाद्यवस्तु आपूर्तिमा समस्या भए मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीको मोबाइल नं ९८४१४०१२८७ र पशु सेवा विभागका महानिर्देशक डा वंशी शर्माको मोबाइल नं ९८५१०६७३८७ मा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।
News Desk 0 response बुधबार, चैत्र १२, २०७६


सम्बन्धित शीर्षकहरु
-
गृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा..
मङ्लबार, असार ३, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
प्रतिनिधिसभामा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने..
मङ्लबार, असार ३, २०८२ -
इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने..
मङ्लबार, असार ३, २०८२ -
नवलपरासी, रुपन्देही र चितवनसहित आसपासका क्षेत्रमा ठूलो..
मङ्लबार, असार ३, २०८२
-
गृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा..
मङ्लबार, असार ३, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
प्रतिनिधिसभामा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने..
मङ्लबार, असार ३, २०८२ -
इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने..
मङ्लबार, असार ३, २०८२ -
नवलपरासी, रुपन्देही र चितवनसहित आसपासका क्षेत्रमा ठूलो..
मङ्लबार, असार ३, २०८२
-
कास्की मालपोतका सुब्बाहरूको सरुवा हुँदा पनि रमाना..
बिहिबार, जेष्ठ ३०, २०८२ -
सुजनको सपना अखिलको नेतृत्व
आइतवार, जेष्ठ २६, २०८२ -
काँग्रेस वकिलका नेता पोखरेलसहित तीन जना सर्वोच्चको..
मङ्लबार, जेष्ठ २८, २०८२ -
अनेरास्ववियुलाई युग अनुकूल बनाउन अध्यक्षमा मेरो उम्मेद्बारीः..
मङ्लबार, जेष्ठ २८, २०८२ -
कर्मकाण्डी शैलीको सतर्कता केन्द्रमा सम्पत्ति बिवरण
सोमवार, जेष्ठ २७, २०८२