

-
मेलम्ची । मेलम्ची खानेपानीलगायत सिन्धुपाल्चोकमा सञ्चालित सबै योजनाका काम ठप्प भएका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले देशभर लकडाउन गरेपछि राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनमा समेत प्रत्यक्ष प्रभाव परेको छ । देशभर लकडाउन भएपछि आयोजनामा भइरहेको सबै काम रोकिएको मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले बताए ।
एक साताअघि मात्रै खानेपानीमन्त्री विना मगरको उपस्थितिमा आयोजनाको सुरुङमा पानी हालेर पहिलो परीक्षण सम्पन्न भएको थियो । आगामी बडादशैँअघि नै मेलम्चीको पानी काठमाडौँमा ल्याउने योजनानुसार तीव्र गतिमा काम भइरहे पनि कोरोनाका कारण अब ढिला हुन सक्ने कार्यकारी निर्देशक खत्रीले बताए । आयोजनास्थलमा काम गर्ने स्थानीय मजदूर घर फर्के पनि विदेशी मजदूर भने आयोजनास्थलमा नै सुरक्षितसँग बसिरहेको खत्रीले बताए ।
कोरोनाका कारण जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनादेखि अन्य सबै निर्माणका काम रोकिएका छन् । एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम पनि सबै रोकिएको आयोजना प्रमुख सुनिलकुमार लामाले जानकारी दिए । त्यस्तै जिल्लामा स्थानीय, प्रदेश र सङ्घबाट सञ्चालित विभिन्न विकासनिर्माणका काम पनि रोकिएको छ ।
News Desk 0 response बुधबार, चैत्र १२, २०७६


सम्बन्धित शीर्षकहरु
-
गृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा..
मङ्लबार, असार ३, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
प्रतिनिधिसभामा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने..
मङ्लबार, असार ३, २०८२ -
इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने..
मङ्लबार, असार ३, २०८२ -
नवलपरासी, रुपन्देही र चितवनसहित आसपासका क्षेत्रमा ठूलो..
मङ्लबार, असार ३, २०८२
-
गृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा..
मङ्लबार, असार ३, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
प्रतिनिधिसभामा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने..
मङ्लबार, असार ३, २०८२ -
इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने..
मङ्लबार, असार ३, २०८२ -
नवलपरासी, रुपन्देही र चितवनसहित आसपासका क्षेत्रमा ठूलो..
मङ्लबार, असार ३, २०८२
-
कास्की मालपोतका सुब्बाहरूको सरुवा हुँदा पनि रमाना..
बिहिबार, जेष्ठ ३०, २०८२ -
सुजनको सपना अखिलको नेतृत्व
आइतवार, जेष्ठ २६, २०८२ -
काँग्रेस वकिलका नेता पोखरेलसहित तीन जना सर्वोच्चको..
मङ्लबार, जेष्ठ २८, २०८२ -
अनेरास्ववियुलाई युग अनुकूल बनाउन अध्यक्षमा मेरो उम्मेद्बारीः..
मङ्लबार, जेष्ठ २८, २०८२ -
कर्मकाण्डी शैलीको सतर्कता केन्द्रमा सम्पत्ति बिवरण
सोमवार, जेष्ठ २७, २०८२