-
काठमाडौँ । बीमा समितिले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस ९कोभिड–१९० का कारण नेपालमा पनि सम्भावित सङ्क्रमण रोक्न सरकारले ‘लकडाउन’ गरेको अवस्थामा सो अवधिका लागि बीमा क्षेत्रमा आवश्यक व्यवस्था गरिएको जानकारी गराएको छ ।
समितिले सूचनामार्फत निर्जीवन बीमा कम्पनीहरुले बीमालेखको अवधि समाप्त हुनुअघि नै बिमितलाई पर्याप्त सचूना उपलब्ध गराई सूसुचित हुने व्यवस्था गरिएको साथै बीमालेख जारी गर्दा वा नवीकरण गर्दा जुनसुकै माध्यमबाट बीमा शुल्क सङ्कलन गर्ने व्यवस्था समेत गरिएको जनाएको छ ।
यसैगरी जीवन बीमा कम्पनीतर्फ हाल भुक्तानी गर्नुपर्ने किस्ता भुक्तानी गर्न नसकेको कारणले बीमालेख व्यतित नहुने र उक्त बीमा शुल्क सबै सार्वजनिक सेवा सामान्य भएको मितिले १५ दिनभित्र बुझाएमा किस्तामा ब्याज नलाग्ने व्यवस्था समेत गरिएको छ । बीमाको नियमनकारी निकाय बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सरकारले अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गरेको वर्तमान अवस्थामा सो अवधिका लाागि उक्त व्यवस्था गरिएको इजाजतपत्र प्राप्त सबै बीमा कम्पनी, बिमित, एवं सर्वसाधारणलाई एक सूचनामार्फत जानकारी गराएका छन् ।
News Desk 0 response मङ्लबार, चैत्र ११, २०७६
सम्बन्धित शीर्षकहरु
पेट्रोलमा र डिजेलको मूल्य बढ्यो
बुधबार, माघ २, २०८१नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र सापकोटासहित सर्वसम्मत
शुक्रबार, पुस २६, २०८१पेट्रोल र डिजेलको मूल्य बढ्दा हवाई इन्धनको घट्यो
मङ्लबार, पुस १६, २०८१-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१