

-
कोहलपुर । प्रदेश नं ५ मा रहेको बाँकेको नेपालगञ्ज साबिक मध्यपश्चिम क्षेत्रमा चामल अभाव नहुने नेपाल खाद्य संस्थान, नेपालगञ्ज कार्यालयले बताएको छ । खाद्य संस्थानको गोदाममा ३० हजार क्विन्टल चामल मौज्दात रहेको र १० हजार क्विन्टल चामल मिलबाट ल्याउने तयारीमा रहेको भन्दै ढुक्क हुन संस्थानले सबैलाई आग्रह गरेको छ ।
यसभन्दा अगाडि पनि यस क्षेत्रमा चामलको समस्या नभएकाले मिलबाट आउने र खरिद गरी ३० हजार क्विन्टल चामल आउने अवस्थामा रहेको खाद्य संस्थानको नेपालगञ्जका प्रमुख भरत खनियाले बताउनुभयो । “कोरोनाका कारणले चामल पाइँदैन कि भनेर आत्तिहाल्नुपर्ने अवस्था छैन”, खनियाले भन्नुभयो, “अत्यावश्यक परेको अवस्थामा नेपालगञ्जले फुट्कर चामल पनि बिक्री गर्न सक्ने भएकाले उपभोक्तालाई हतास नहुन आग्रह गर्दछु ।”
खनियाका अनुसार संस्थानले नेपालगञ्जबाट अहिले कर्णाली प्रदेशका जिल्लासहित दाङ, रोल्पा, रुकुममा चामल पठाउँदै आएको छ । उहाँले यहाँबाट ३० हजार पाँच सय क्विन्टल चामलबाहिर पठाउनुपर्नेमा अहिलेसम्म १७ हजार क्विन्टल चामलमात्र बाहिर गएको बताउनुभयो । रासस
News Desk 0 response सोमवार, चैत्र १०, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



