

-
काठमाडौँ । आर्थिक वर्ष २०७५/७६ को तुलनामा चालू आर्थिक वर्षको आठ महिनामा कूल आयात २ दशमलव ६२ प्रतिशतले घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणानुसार चालू आवको आठ महिनामा कूल रु नौ खर्ब २४ अर्ब २४ करोड २६ लाख ३५ हजार बराबरको आयात भएको छ । यो गत आवको तुलनामा करीब रु २५ अर्ब कम हो । आव २०७५/७६ को सोही अवधिमा कूल रु नौ खर्ब ४९ अर्ब १० करोड ९८ लाख २८ हजार बराबरको आयात भएको थियो ।
यस्तै सोही अवधिमा कूल रु ७४ अर्ब ९० करोड ७९ लाख ४६ हजार बराबरको निर्यात भएको छ । आव २०७५/७६ का तुलनामा चालू आवको आठ महिनामा निर्यात कूल २२ दशमलव ३५ प्रतिशतले बढेको छ । सो आवमा कूल रु ६१ अर्ब २२ करोड ४२ लाख ८९ हजार बराबरको निर्यात भएको थियो । विभागका अनुसार मुलुकको कूल व्यापार रु नौ खर्ब ९९ अर्ब १५ करोड पाँच लाख ८१ हजार बराबर भएको छ । गत आवमा भने रु १० खर्ब १० अर्ब ३३ करोड ४१ लाख १८ हजार बराबरको व्यापार भएको थियो । पछिल्ला दिनमा विश्वव्यापीरुपमा कोरोनाको सङ्क्रमण बढेपछि चीनबाट आयात हुने मालवस्तु रोकिएका छन् । भारतबाट भइरहेको आयात भने रोकिएको छैन । विभागका अनुसार सबैभन्दा बढी आयात तथा निर्यातसमेत वीरगञ्ज भन्सारबाटै भएको छ ।
चालू आवको आठ महिनामा सो भन्सारबाट कूल रु तीन खर्ब १५ अर्ब ४८ करोड १४ लाख १५ हजार बराबरको आयात भएको छ । प्रतिशतका आधारमा सो भन्सारको हिस्सा २३ दशमलब १३ रहेको छ । यस्तै सोही नाकाबाट कूल रु २३ अर्ब ७७ करोड ८० लाख पाँच हजार बराबरको निर्यात भएको छ । विराटनगर भन्सारबाट कूल रु ९९ अर्ब ४८ करोड २० लाख २५ हजार बराबरको आयात भएको छ । सोही भन्सारबाट कूल रु २० अर्ब ९९ करोड ४१ लाख ४४ हजार बराबरको निर्यात भएको छ ।
भैरहवा भन्सारबाट कूल रु एक खर्ब ५६ अर्ब ७७ करोड ५४ लाख ७३ हजार बराबरको आयात तथा रु दुई अर्ब २० करोड ९१ लाख १९ हजार बराबरको निर्यात भएको छ । वीरगञ्जस्थित सुख्खा बन्दरगाहबाट कूल रु एक खर्ब १७ अर्ब ६८ करोड १७ लाख ७७ हजार बराबरको आयात हुँदा रु एक अर्ब ७६ करोड बराबरको निर्यात भएको छ । उता त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सारबाट कूल रु ९८ अर्ब ७४ करोड २९ लाख २४ हजार बराबरको आयात हुँदा रु १६ अर्ब ४५ करोड २२ लाख २४ हजार बराबरको निर्यात भएको छ । देशभर कूल २४ भन्सार कार्यालय सञ्चालनमा छन् । त्यसमध्ये १४ भन्सार कार्यालयबाट हुने निर्यात भने शून्यःप्राय छ । रासस
News Desk 0 response आइतवार, चैत्र ९, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



