

-
काठमाडौँ । सरकारले सडक, पुललगायतका संरचना निर्माणलाई निरन्तरता दिने कि रोक्ने भनी निर्णय गर्न सकेको छैन । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को असर सबै क्षेत्रमा पर्न थालेकाले सडक विभागले यस विषयमा आन्तरिक छलफल थालेको छ ।
सडक विभागमा आज बसेको बैठकमा सकेसम्म भीडभाड नहुने गरी पूर्वाधार निर्माण निरन्तरता दिन सकिने विषयमा छलफल भएको छ । अहिलेसम्म कुनै निर्णय नभएको विभागका महानिर्देशक केशवकुमार शर्माले बताउनुभयो । रोगको प्रभाव अहिलेसम्म कतिपय क्षेत्रमा देखिन थाले पनि काठमाडौँ उपत्यकालगायतका स्थानमा मर्मत भइरहेको छ । कतिपय जिल्लाका सडक आयोजनामा कार्यरत इञ्जिनीयरले निर्माण कम्पनीले कामदार घर फर्किएको भन्दै काम रोक्न चाहेको बताउनुभयो । उहाँले भन्नुभयो, “उनीहरुलाई घर नै नजाउ काम गर्नुपर्छ भन्न मिल्दैन ।”
अहिलेसम्म सडक निर्माण भइरहेको अवस्थामा २५ जनाभन्दा बढी भीड जम्मा नहुने गरी निर्माण गर्न सकिने सडक विभागले जनाएको छ । निर्माण कम्पनीले कामदार नै नभएको भनी रोकेको अवस्थाबाहेक अहिलेसम्म निर्माण ठप्प नगर्ने गरी विभागमा छलफल भइरहेको महानिर्देशक शर्माले बताउनुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल भएपछि निर्णय हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रालयमा छलफल भएपछि नै सबै परियोजना काम गर्ने कि नगर्ने भनी निर्णय हुनेछ ।” कतिपय आयोजनामा नेपाली मात्रै नभएर विदेशी कम्पनीसमेत काम गरिरहेका छन् । रासस
News Desk 0 response आइतवार, चैत्र ९, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



