

-
काठमाडौँ । कोरोना भाइरसको त्रासले शेयर बजारसमेत प्रभावित भएको छ । सोही कारण नेप्सेमा चरम उतारचढावसमेत देखा परेका छन् । यस साता लगानीकर्तामा पनि एक प्रकारको नकारात्मक अवस्था देखा पर्यो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल १७४ कम्पनीका कूल दुई करोड २७ लाख १९ हजार १२२ कित्ता शेयर रु आठ करोड २६ लाख ९५ लाख दुई हजार ७११ बराबरको कारोवार भयो । साताको पहिलो दिन नेप्से परिसूचकमा भारी गिरावट देखा पर्यो । शेयर कारोवारमा सहजता ल्याउन भन्दै नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेपाल स्टक एक्सचेञ्जले कारोवार समय थप गरेर ४ बजेसम्म पुर्याएको भए पनि बजारमा उत्साह देखिन सकेन । त्यस दिन नेप्से परिसूचक ६४.१४ अङ्कले घटेर एक हजार ३१३.०४ मा पुग्यो । कूल १७४ कम्पनीका ५५ लाख ७० हजार ३० कित्ता शेयर रु दुई अर्ब १० करोड १४ लाख १७ हजार २९२ मा खरिद बिक्री भए ।
सोमबार नेप्से परिसूचक झिनो अङ्कले वृद्धि भयो । त्यस दिन नेप्से ३.३५ ले वृद्धि भई एक हजार ३१६.३९ मा पुग्यो । कूल १६० कम्पनीको ४१ लाख ९१ हजार ४१५ कित्ता शेयर रु एक अर्ब ६१ करोड ५३ लाख ४१ हजार ८७७ मूल्यमा खरिद बिक्री भए । मङ्गलबार नेप्से परिसूचक भारी अङ्कले ओरालो लाग्यो । त्यस दिन नेप्से परिसूचक ४४.३३ अङ्कले घटेर एक हजार २७२.०६ मा पुग्यो । घटेको बजारमा कारोवार रकम भने झण्डै डेढ अर्ब बराबर भएको छ । कूल १७५ कम्पनीको ४३ लाख ६७ हजार ७७५ कित्ता शेयर रु एक अर्ब ४६ करोड ५१ लाख ८४ हजार ६५६ मूल्यमा खरिद बिक्री भए ।
बुधबार पनि नेप्से परिसूचक ओरालो लाग्नेक्रम रोकिएन । त्यसदिन नेप्सेमा १६.२६ अङ्कले गिरावट भयो । आज कूल १७२ कम्पनीको ३४ लाख ८३ हजार २२१ कित्ता शेयर रु एक अर्ब १८ करोड ४४ लाख १६ हजार ८७८ मा खरिद बिक्री भए । साताको अन्तिम दिन बिहीबार नेप्सेमा सामान्य सुधार देखापर्यो । त्यस दिन नेप्सेमा १३.५० ले वृद्धि भई एक हजार २६९.३० मा पुग्यो । नेप्सेको उकालो यात्रासँगै कारोवार रकमसमेत बढेर झण्डै रु दुई अर्बको हाराहारीमा पुग्यो । कूल १७३ कम्पनीको ५१ लाख छ हजार ६८१ कित्ता शेयर रु एक अर्ब ९० करोड ३१ लाख ४२ हजार आठ बराबरको कारोवार भयो ।
चार कम्पनीको शेयर सूचीकृत
News Desk 0 response शनिबार, चैत्र ८, २०७६
साताभर बजारमा विभिन्न चार कम्पनीका कूल ६९ लाख २४ हजार ३१२ कित्ता शेयर सूचीकृत भए । त्यसमा कृषि विकास बैंकको कूल ५४ लाख नौ हजार ३१७ कित्ता शेयर लाभांश, गणपति माइक्रोफाइनान्सको ७२ हजार ४५० कित्ता शेयर लाभांश, आइसिएफसी फाइनान्सको चार लाख ४३ हजार २९६ कित्ता शेयर लाभांश र आरएमडिसी लघुवित्तको कूल नौ लाख ९९ हजार २४८ कित्ता शेयर लाभांश सूचीकृत भएको छ । रासस

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



