

-
मेलम्ची । सिन्धुपाल्चोकमा पेट्रोलियम पदार्थ कालोबजारी गर्ने दुई जना पक्राउ परेका छन् । किराना पसल सञ्चालन गरी बस्ने ज्ञानीमाया दुलाल र मिनीट्रकका चालक हरिबहादुर श्रेष्ठलाई मट्टीतेल र पेट्रोलको कालोबजारी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो । चौतारा साँगाचोकगढी नपा वडा नं ५ पुरानो बजारबाट बा२ख ३८०६ नंको मिनीट्रकमा मट्टीतेल र पेट्रोल बरामद गरिएको हो ।
मिनीट्रकमा २५० लिटर जाने पाँच र ५० लिटर जाने प्लाष्टिकका दुई ड्रम फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लले जानकारी दिनुभयो । प्रहरीले दुलाल र चालक श्रेष्ठको साथबाट करुणा आयल स्टोर काभ्रे बनेपाबाट २४३ लिटर मट्टीतेल दि मोडर्न एमनिटी सप्लायर्स बनेपाबाट एक हजार १०० लिटर पेट्रोल खरिद गरेको साधारण बिलसमेत फेला परेको छ । उल्लेखित पेट्रोलियम पदार्थ, बिल र सवारी साधन रीतपूर्वक बरामद गरी किराना पसल सञ्चालन गर्ने दुलाल र सवारी चालक श्रेष्ठलाई समेत नियन्त्रणमा लिई अनुसन्धानकार्य भइरहेको छ । रासस
News Desk 0 response शनिबार, चैत्र ८, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



