

-
कास्की । कोरोना भाइरस (कोभिड–१९) बाट व्यापार व्यवसाय प्रभावित बनेपछि पोखराको एक व्यापारिक मलले व्यवसायीलाई राहत दिन भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।
पोखराको मुख्य व्यापारिक केन्द्र चिप्लेढुङ्गामा अवस्थित पोखरा ट्रेड मल एण्ड हाउजिङ् प्रालिले मलमा रहेका ५०३ सटरमा सञ्चालित २५२ व्यापारिक प्रतिष्ठानलाई चैत महिनाको भाडामा आधा छुट दिने भएको हो । विसं २०७२ असोज २४ गतेदेखि सञ्चालनमा आएको गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सो मलले कोरोनाका कारणले व्यापार व्यवसाय चौपट भएको परिस्थितिलाई मध्यनजर गरी मलभित्रका व्यवसायीलाई केही मात्रामा भए पनि राहत दिनका लागि भाडामा छुट दिने निर्णय गरिएको आज आयोजित पत्रकार सम्मेलनमा गण्डकी प्रदेशसभा सदस्यसमेत रहनुभएका मलका अध्यक्ष विन्दुकुमार थापाले बताउनुभयो ।
मलले सो निर्णयबाट व्यवसायीलाई रु २५ लाख भाडामा छुट हुने जनाएको छ । कोरोनाको त्रास लम्बिएको अवस्थामा छुट दिने योजनालाई निरन्तरता दिइने अध्यक्ष थापाले बताउनुभयो । “व्यवसायमा नाफा मात्र जोडिदैन, सेवाको भावना पनि जोडिएको हुन्छ, विषम परिस्थितिका कारणले व्यवसायी मर्कामा परेका कारणले व्यवसायीबाटै सञ्चालित संस्था भएकाले भाडामा छुट दिएर राहत प्रदान गर्ने निर्णण गरेका हौँ”, अध्यक्ष थापाले भन्नुभयो ।
देशभरका उद्योग, व्यवसाय तथा व्यापारिक प्रतिष्ठान कोरोनाका कारणबाट व्यवसाय खस्किरहेको विषम परिस्थितिमा बैंक तथा वित्तीय संस्थाले समेत ब्याजदरमा कम्तीमा ५० प्रतिशत घटाउने व्यवस्था मिलाउनसमेत मलले माग गरेको छ । कोरोनाबाट सहजगता अपनाउन मलभित्र प्रवेश गर्ने ग्राहक, शुभेच्छुक, व्यवसायी तथा कर्मचारीलाई स्यानिटाइजर प्रयोग गर्न लगाइएको तथा मलको प्रवेशद्वारमा स्वास्थ्य सहायताकक्ष स्थापना गरी ग्राहकको शरीरको तापक्रम परीक्षण गरेर सही अवस्थाको जानकारी दिने गरिएको प्रबन्ध निर्देशक मीनराज काफ्लेले बताउनुभयो । सरकारको अनुरोधबमोजिम मलभित्र सञ्चालनमा रहेको सिनेमा हल तथा जिम हल अनिश्चितकालका लागि बन्द गरिएको बताइन्छ ।
News Desk 0 response शनिबार, चैत्र ८, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



