-
लम्की । कैलालीको टीकापुरमा उत्पादन भएको मास्क भारतीय बजारमा बिक्री हुन थालेको छ । विश्वभर कोभिड–१९ को सङ्क्रमण फैलिरहेका बेला बजारमा मास्क अभाव भएपछि सीमावर्ती भारतीय बजारबाट समेत मास्क खरिद गर्न टीकापुर आउन थालेका हुन् ।
टीकापुरमा महालक्ष्मी गार्मेन्टले उत्पादन गरेका मास्क थोकमा रु १५ मा बिक्री गर्न थालेपछि भारतीय नागरिकसमेत मास्क खरिद गर्न नेपाल आउन थालेको उद्योगका सञ्चालक प्रकाश तिमिल्सिनाले बताउनुभयो ।
“दैनिक १० जनासम्म भारतीय नागरिक मास्क खरिद गर्न यहाँ आउन थालेका छन्”, उहाँले भन्नुभयो, “एक जनाले ५० वटासम्म लिएर जाने गरेका छन् ।” उहाँले दैनिक तीन हजार मास्क उत्पादन गरिरहेको जानकारी दिनुभयो । “पश्चिम नेपालका अधिकांश जिल्लाबाट मास्कको अर्डर आउन थालेको छ”, तिमिल्सिनाले भन्नुभयो, “हामीले अन्य काम रोकेर मास्क मात्र उत्पादन थालेका छौँ तर पनि माग पूरा गर्न सकिएको छैन ।” मास्क उत्पादनमा ४० जना महिला कामदारलाई लगाइएको उहाँले बताउनुभयो ।
उद्योगमा कार्यरत महिलाले दैनिक २०० सम्म मास्क उत्पादन गरिरहेको बताएका छन् । उद्योगमा कार्यरत महिलाले रोजगारीसँगै आर्थिकरुपमा महिलालाई सशक्त बनाउन सघाएको बताएका छन् । उद्योगमा मुख्य प्रशिक्षकबाहेकका सबै कामदार महिला छन् । कैलालीमा सर्जिकल मास्क अभाव छ । भएका व्यापारीले पनि ४० रुपैयाँ प्रतिपिस बिक्री गर्ने गरेको उपभोक्ताको गुनासो छ । “ मास्कका लागि लम्की बजारका धेरै मेडिकल धाए, तर पाउन सकेन”, लम्कीका राधेश्याम पाण्डेले भन्नुभयो, “पछि कपडा पसलमा मास्क पाए । मास्क लगाउँदा धुलो धुवाँबाट बच्न भए पनि सहयोग पुग्छ ।” रासस
News Desk 0 response शनिबार, चैत्र ८, २०७६
सम्बन्धित शीर्षकहरु
पेट्रोलमा र डिजेलको मूल्य बढ्यो
बुधबार, माघ २, २०८१नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र सापकोटासहित सर्वसम्मत
शुक्रबार, पुस २६, २०८१पेट्रोल र डिजेलको मूल्य बढ्दा हवाई इन्धनको घट्यो
मङ्लबार, पुस १६, २०८१-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१