

-
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा भएको आगलागीबाट रु दुई करोड बढीको धनमाल जलेर नष्ट भएको छ । काठमाडौँ, चन्द्रागिरि नगरपालिका–१० विष्णुदेवीस्थित बिन्दावासिनी बस्ने मकवानपुर थाहा नगरपालिका–७ का सुरेन्द्र खत्रीको लक्ष्मी कपास उद्योगमा आज बिहान आगलागी भएको थियो । विद्युत् चुहिएर आगलागी हुँदा कपास बनाउने मेशिन तथा तयारी कपाससहितमा झण्डै रु २० लाखको क्षति भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटले जानकारी दिए ।
यस्तै काठमाडौँ महानगरपालिका ३२ नरेफाँटमा सिरहा घरभइ हरहरमहादेव बस्ने ३२ वर्षीय दिनेशकुमार ठाकुरको फर्निचर उद्योगमा भएको आगलागीबाट करिब रु ६० लाख बराबरको काठपात जलेर नष्ट भएको प्रहरीले जनाएको छ । उक्त आगलागीबाट स्थानीय टुकनाथ खनालको घरका झ्याल ढोका, शारदा गौतमको घरको सबै झ्याल ढोका, पार्किङ गरिएको बा ३ ख ६५०७ नम्बरको मोटरसाइकलमा आंशिक क्षति भएको तथा बा २ ज ४८२६ नम्बरको ट्याक्सीको इञ्जिन जलेर नष्ट भएको छ ।
यस्तै ललितपुर महानगरपालिका–१ तिमल्सिनाचोकस्थित महोत्तरी घर भएका सन्दिप कोइरालाको सिद्धार्थ इन्टरप्राइजेज रङ तथा हाडवयेर पसलमा विद्युत् चुहिएर बिहीबार राति आगलागी हुँदा विभिन्न सामग्रीसहित झण्डै रु एक करोड २५ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
News Desk 0 response शुक्रबार, चैत्र ७, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



