

-
राँझा । बाँकेको राप्ती सोनारी गाउँपालिकाको लगानीमा विद्युत् विस्तारको काम शुरू भएको छ । विद्युत् सेवा पुग्न नसकेको वडा नम्बर ३ र ४ बैजापुर क्षेत्रमा विद्युतीकरण गर्न खम्बा गाड्ने काम शुरू भएको गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडा नं ३ बैजापुरको बैसागाउँबाट खम्बा गाड्ने कार्य शुरू भएको छ । नेपाल विद्युत् प्राधिकरणले लगाएको ठेक्काको विवाद नसुल्झेपछि गाउँपालिकाले आफ्नै बजेटबाट विद्युतीकरणको काम शुरू गरेको होे । सर्वसाधारणलाई विद्युत् सेवाबाट वञ्चित हुन नदिन गाउँपालिकाले आफ्नै बजेटबाट विद्युतीकरणको काम शुरू गरेको अध्यक्ष थारुले बताउनुभयो । विद्युतीकरणका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७६÷०७७ मा रु एक करोड ८९ लाख विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष थारुका अनुसार चालु आर्थिक वर्षभित्र वडा नम्बर ३ र आगामी आर्थिक वर्षको बजेटबाट वडा नम्बर ४ मा विद्युतीकरणको काम सम्पन्न गरिने छ । विद्युत् बिहिन अवस्थामा रहेको वडा नम्बर ५ मा भने विद्युत् प्राधिकरणकै ठेक्का यथावत रहेको छ । अध्यक्ष थारुले गाउँपालिकाले विद्युतीकरणको कामलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । विद्युतीकरणको काम सम्पन्न गर्न सङ्घ र प्रदेश सरकारसँग आवश्यक पहल गर्ने र सम्भव नभए गाउँपालिका आफैँले बजेट थपेर भए पनि कामलाई पूर्णता दिने उहाँको भनाइ छ ।
विद्युतीकरणका लागि वडा नम्बर ३ मा कूल १९५ खम्बा गाड्ने योजना छ । खम्बा गाडिसकेपछि तार विस्तार गर्ने काम शुरू गरिने छ । विद्युत्का खम्बा गाड्न सुशासन निर्माण सेवाले ठेक्का सम्झौता गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिनुभयो । गाउँमा विद्युतीकरणका लागि धमाधम खम्बा गाड्ने काम शुरू भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । अलपत्र अवस्थामा रहेको विद्युतीकरणको काममा गाउँपालिकाले पहल गरेको भन्दै स्थानीय बासिन्दा हर्षित भएका हुन् ।
सोनारी बघौडा ग्रामीण विद्युतीकरण समितिका सदस्य प्रेमराज श्रेष्ठले राजनीतिक प्रतिशोधका नाममा राप्तीपारीका जनतालाई विद्युत् सेवाबाट कसैले पनि वञ्चित गर्न नहुने बताउनुभयो । राप्तीपारी क्षेत्रमा विद्युत् विस्तारको माग राख्दै पटकपटक धाउनु परेको स्मरण गर्दै उहाँले अब विद्युतीकरणको कामले चाँडै पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । रासस
News Desk 0 response शुक्रबार, चैत्र ७, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



