

-
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा आज सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेप्सेका अनुसार नेप्सेमा १३.५० ले वृद्धि भई एक हजार २६९.३० मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक समेत २.०३ ले बढेर २७३.८२ मा पुगेको छ ।
नेप्सेको उकालो यात्रासँगै कारोवार रकम समेत बढेर झण्डै रु दुई अर्बको हाराहारीमा पुगेको छ । कूल १७३ कम्पनीको ५१ लाख ६ हजार ६८१ कित्ता शेयर रु एक अर्ब ९० करोड ३१ लाख ४२ हजार आठ बराबरको कारोवार भएको छ । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर घटेको छ भने सात उपसमूहको शेयर बढेको छ । बैंकिङ १३ं६५, जलविद्युत् ९.१६, निर्जीवन बीमा ७७.३२, अन्य ५.६५, लघुवित्त २०.५९, जीवन बीमा १४०.५ र सामूहिक लगानी कोष ०.०१ ले वृद्धि भएको छ । यस्तै, व्यापार १.३६, होटल ४.८१, विकास बैंक ३.२७, वित्त ६.५४ र उत्पादन २.२ ले बढेको छ ।
कारोवारका आधारमा आज हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको कूल रु ३१ करोड ३३ लाख पाँच हजार ४८७ मूल्य बराबरको शेयर कारोवार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु ११ करोड ३१ लाख ७७ हजार ९३८, एनआइसि एशिया बैंक रु नौ करोड ६५ लाख ४२ हजार ५६३, एनएमबी बैंक रु सात करोड १८ लाख ५७ हजार २९९, नेपाल बैंक लिमिटेड रु चार करोड ९२ लाख ५२ हजार ८०३ र प्रभु बैंकको रु चार करोड ८४ लाख ३१ हजार ५३० बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार जनउत्थान सामुदायिक लघुवित्तको शेयर कारोवारका आधारमा शीर्ष स्थानमा रहेको छ । सो कम्पनीका लगानीकर्ताले ९.९६ प्रतिशतले कमाए । यस्तै, राधी विद्युत् कम्पनी ९.५५, एनसिसी बैंक ६.७४, कर्णाली डेभलपमेन्ट बैंक ६.०६, माउण्टेन हाइड्रो ६.०२ र उनआबिएल एक समृद्धि फण्डका लगानीकर्ताले ५.८८ प्रतिशतले कमाए । यस्तै, सेन्ट्रल फाइनान्स ९.५२, सप्तकोशी डेभलपमेन्ट बैंक ८.०६, श्री इन्भेस्टमेन्ट फाइनान्स ६.५३, नेपाल हाइड्रो ६.४, मन्जुश्री फाइनान्स ६.१७ र एनआइसी एशिया ग्रोथ फण्डका लगानीकर्ताले ५.६२ प्रतिशतले गुमाए ।
News Desk 0 response बिहिबार, चैत्र ६, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित..
बिहिबार, जेष्ठ २८, २०८३ -
मनसुनी बायु नेपालको सीमा सम्म आइपुग्यो
बिहिबार, जेष्ठ २८, २०८३ -
बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले
बिहिबार, जेष्ठ २८, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित..
बिहिबार, जेष्ठ २८, २०८३ -
मनसुनी बायु नेपालको सीमा सम्म आइपुग्यो
बिहिबार, जेष्ठ २८, २०८३ -
बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले
बिहिबार, जेष्ठ २८, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
आइतबारको बिदा खारेज गर्न लागिएको होइन :..
आइतवार, जेष्ठ २४, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच..
बुधबार, जेष्ठ २०, २०८३



